Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा मनाइयो भानुजयन्ती

अमेरिकामा मनाइयो भानुजयन्ती


वासिङ्टन डिसी । अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानु जयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुर्याएको योगदान र उनको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गरेका थिए ।

उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गरेको बताए ।

कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गरे । उनले भने, “हामीलाई आर्थिक स्वतन्त्रताका लागि विदेशी भूमिमा पुर्याए पनि भानुभक्तको योगदान र उहाँले गर्नुभएको भाषागत स्वतन्त्रताको योगदानलाई दुई सय वर्षपछि पनि हामीले सम्झिरहेका छौँ ।”

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानुजयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताए ।

यसैबीच अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासले प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार भारतमा बसेर साहित्य सिर्जना गर्ने रण काफ्लेको उपन्यास ‘रैथाने’लाई प्रदान गरिने भएको छ । दुई हजार डलर राशिको पुरस्कार उक्त कृतिलाई प्रदान गरिने भएको अनेसास पुस्कार छनोट समितिका संयोजक तीर्थ पाण्डेयले जानकारी दिएका छन् ।

यस्तै डायस्पोरा पुरस्कार महेश्वर पन्तद्वारा लिखित ‘बौलाहाको डायरी’लाई, निबन्ध पुरस्कार श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’, कल्पना खरेलको उपन्यास ‘रानी तलाउ’ र गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’लाई प्रदान गरिएको छ । यी पुरस्कार होमनाथ सुवेदी, डा श्याम कार्की, इन्दिरा कार्की, पदम विश्वकर्मा, डिल्लीराम तिम्सिना र सीता शर्माले स्थापना गरेका हुन् ।

यसैगरी सर्वोत्कृष्ट काव्य पुरस्कार सिन्धु पौडेलको ‘मृत सागरको उचाइ’, डा गोविन्द आचार्यको ‘दङ्गी उर्वशी’, निर्मोही व्यासको ‘आवारा बादल’, कथाकार महेश पौडेलको ‘अपिरिचित अनुहार’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही एक हजार डलर रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT