Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाली राजदुत भोल्क र माष्टरशेफ साहबाट प्रमाणपत्र बितरण

अष्ट्रेलियाली राजदुत भोल्क र माष्टरशेफ साहबाट प्रमाणपत्र बितरण


काठमाडौँ। अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्क र विविसी माष्टरशेफः द प्रोफेसनलस् रि–म्याच २०२१ का बिजेता शेफ सन्तोष साहले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका छन्। उनीहरुले दिदी फाउण्डेसन नेपालद्वारा सञ्चालित ब्यवसायिक पाकशिक्षा तालीमका सहभागीहरुलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरेका हुन्।

अष्ट्रेलियाली दुतावासले दिदी फाउण्डेसनलाई पाकशिक्षा तालिम केन्द्र स्थापना गर्न र बिपन्न समुदायका १५ महिलाहरुको पहिलो समुहलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारित ३९० घण्टाको छोटो अवधिको व्यावसायिक पाकशिक्षा तालीम प्रदान गर्न सहयोग गरेको थियो।

कक्षा दशको अनिवार्य अंग्रेजी विषयको पाठ्यक्रममा जीवनकथा समावेश भएका संसार भर प्रख्यात शेफ साहले तालीममा सहभागीहरुलाई सम्बोधन गर्दै आफ्नो जीवन यात्राको बारेमा बताए।

सबै ब्यक्तिको आफ्नो बिशिष्टता हुने र आफैंले आफ्नो लागि उपयुक्त जीवन पथ पहिल्याउनु पर्ने बताए। आफ्नो सबल पक्षहरुको पहिचान गरेर जीवनका उद्देश्यमा ध्यान केन्द्रित राखेर आफ्नो जीवन मूल्य र स्व–अनुशासनका साथ काम गर्न सल्लाह दिए। “प्रत्येक ब्यक्ति फरक हुन्छ र उसले आफुलाई बुझ्नु पर्छ र आफुलाई खुसी पार्न आवश्यक सीपहरुमा पोख्त हुनुपर्छ,” उनले भने।

राजदुत भोल्कले तालीमका सहभागीहरुलाई बधाई दिए र दिदि फाउण्डेसनलाई सफलता पूर्वक तालीम गराएर रोजगारी, जीविकोपार्जन र व्यावसायिक यात्रामा महिलाहरुलाई सहयोग गरेकोमा धन्यावाद ज्ञापन गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT