Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना वेपत्ता

अष्ट्रेलियामा अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटना, चार जना वेपत्ता


सिड्नी । सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ ।

प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ ।

क्विन्सल्याण्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकप्टरका धेरै भग्नावशेष फेला पारेको तथा चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् ।

क्विन्सल्याण्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका तीस हजारभन्दा बढी सैनिक सहभागी छन् । शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्‍यो

सिड्नी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

तास्मानियामा फेरि ‘महाजात्रा’ प्रदर्शन हुने

सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

Techie IT