Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा ‘सोलफुल रिदम्सः निर्णय एन.एस.के लाईभ इन सिड्नी’ आयोजना हुने

अष्ट्रेलियामा ‘सोलफुल रिदम्सः निर्णय एन.एस.के लाईभ इन सिड्नी’ आयोजना हुने


सिड्नी। नेपाली चर्चित हिपहप गायक निर्णय एन.एस.के अष्ट्रेलियामा गुन्जिने भएका छन्। ‘सोलफुल रिदम्सः निर्णय एन.एस.के लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ। सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो।

साथै यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम “सफलता एच.आई.भी. शिक्षा सदन”लाई सहयोग गरिने आयोजकले जनाएका छन्। सफलता एच.आई.भी शिक्षा सदन एच.आई.भी. सङ्क्रमित बच्चाहरूलाई निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो।

३१ अगस्ट २०२३ मा हुन लागेको उक्त कार्यक्रममा निर्णय सँगै अष्ट्रेलियामा मै बसोबास गर्दै आएका प्रतिभाशाली गायक रणक नव बस्नेतले पनि आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा चर्चित प्रस्तोता विवेक खतिवडा रहेका छन्।

अक्स्फोर्ड स्ट्रिट, प्याडिङ्ग्टनमा रहेको प्याड्डो आर.एस.एल क्लबमा आयोजना हुने कार्यक्रममा सङ्गीत प्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ। कार्यक्रमलाई ह्याप्पी सोल बिस्ट्रो र ग्रिष्मा ब्रोड्कास्टिङ्गले संयुक्त रूपमा आयोजना गरेको हो।

कार्यक्रममा सहभागीहरूलाई सहज र रमाइलो अनुभव प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध र सोही अनुसारको तयारी रहेको ग्रिष्मा ब्रोड्कास्टिङ्गका सी.ई.ओ पवन राज जोशी बताउँछन्। जोशीले सप्तरङ्ग सिजन एक, दुई, र तीन, स्टार क्रिकेट, र हिमालय फेसन एडभेन्चर लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय इभेन्टहरू सफल रूपमा आयोजना गरेका छन्।

यता ह्याप्पी सोल बिस्ट्रोका निर्देशक राजु आचार्य पनि कार्यक्रम र ग्रिष्मा ब्रोड्कास्टिङ्गसँगको यो साझेदारीलाई लिएर निकै उत्साहित रहेको बताउँछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्‍यो

सिड्नी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

तास्मानियामा फेरि ‘महाजात्रा’ प्रदर्शन हुने

सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

Techie IT