Techie IT
२०८२ भदौ ९, सोमबार
NepaliPatra logo
गृहपृष्ठAustraliaनई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव भव्य रुपमा सम्पन्न


सिड्नी। नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ। ११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलिया भर रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई “नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३” अवार्डद्धारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसा पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ, नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, लगायतको उपस्थिति रहेको थियो।

नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सिमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी प्रस्तुत गरेकी थिईन्। कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्धेश्य कला संस्कृतिलाई अगाडी बढाउनु रहेको भन्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति कला र भाषाको उत्थानका लागि योगदान दिने बताए। उनले यस्ता कार्यक्रम प्रति आफ्नो सदैव सदासयता रहने बताए। त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि यस्ता कार्यक्रम आयोजागर्ने र यस्ता संघ संस्थासगं सहकार्य गरेर अगाडी बढ्ने बताए।

एनएसडब्ल्यू मेम्बर डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै ठुलो समुदाय रहेको भन्दै उनले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडी बढाउन सहयोग गर्ने बताईन्। उनले नेपाली संघ संस्थासँग सहकार्य गर्न आफु सदैव तत्पर रहने बताईन्।

कार्यक्रममा जेनिशा गौतम, निशा केसीले संगीत प्रस्तुत गरेका थिए। उक्त अवसरमा नई एकेडेमी अस्ट्रेलियाले वर्ष नारी घोषणा गरी सम्मान सहित अवार्ड प्रदान गरेको छ। स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो। निर्णायक मन्डलमा ५ देशमा रहेका नेपाली समाज अगुवाहरुमा अमेरिका वाट श्रीमती गीता खत्री बेलायत बाट सुरेशजंग शाह, भारतबाट सुश्री अप्सरा दाहाल नेपालबाट अभिनन्दन शर्माले उनीहरुलाई अवार्ड प्रदान गर्ने सल्लाह दिएका थिए। उनीहरुले विभिन्न क्षेत्रमा पुर्याएको सामाजिक योगदानका आधारमा मूल्यांकन गरि अवार्ड प्रदान गरिएको हो।

त्यस्तै आर्ट कल्चर सोसल सर्भिस तर्फ दोश्रो अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ। भने तेश्रो अवार्ड डा. अचना कोईराला साईन्स एण्ड टेक्नोलोजि तर्फ प्रदान गरिएको छ। तीज महोत्सवमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिपशी भट्टलगायतले आफ्नो गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाएका थिए भने कार्यक्रम सम्पन्न गर्न लागि सांस्कृतिक संयोजक जेनिशा गौतम, साहित्य सह संयोजक समु उप्रेती, महासचिव प्रनब थापा, सचिब सुनिल कटुवाल, कोषाध्यक्ष सुर्जीत आचार्य, सदस्य निशा गौतम, इन्दिरा भट्ट, साजन भण्डारी, मनोज के।सी संचालक वालमुकुन्द तिमिल्सेना लगायतको बिशेष योगदान रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT