Techie IT
२०८० मंसीर १४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaमध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया

मध्यपूर्वमा आफ्ना नागरिकका लागि सेना र विमान पठाउँदै अस्ट्रेलिया


सिड्नी । मध्यपूर्वमा अस्ट्रेलियाली नागरिकहरूलाई लिएर चिन्ता बढेसँगै अस्ट्रेलियाले त्यहाँ सेना र दुई सैन्य यातायात विमान पठाउन लागेको बताएको छ ।

रक्षामन्त्री रिचर्ड माल्र्सले ‘ठूलो सङ्ख्यामा’ सेना पठाउन लागेको बताए पनि सैन्य सङ्ख्याबारे जानकारी दिएनन् । दुई वटा सी–१३०जे हरकुलस विमान तैनाथ गरिएको उहाँले जानकारी दिए ।

उपप्रधानमन्त्री समेत रहनुभएका माल्र्सले विमान र सेना कहाँ आधारित हुनेछन् भन्नेबारे खुलाएनन् । विमानहरूले उक्त क्षेत्रमा पहिला नै सी–१७ए ग्लोबमास्टर यातायात विमान र केसी–३० एयर रिफ्युलर थप्ने बताइएको छ ।

“मध्यपूर्वमा यदि स्थिति बिग्रँदै गयो भने अस्ट्रेलियाली जनतालाई सहयोग पुर्याउनु यसको उद्देश्य हो”, उनले भने ।

इजराइल–हमास युद्ध अक्टोबर ७ मा गाजापट्टीबाट प्यालेस्टिनी आतङ्कवादी समूह हमासले इजराइलमाथि सुरु गरेको आश्चर्यजनक आक्रमणका कारण सुरु भएको हो । युद्ध सुरु भएपछि दुवैतर्फ हजारौँ नागरिक मारिएका छन् ।

अक्टोबर १३ देखि अहिलेसम्म आठ सयभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई इजराइलबाट बाहिर निकालिसकिएको छ । रक्षामन्त्री माल्र्सले सरकारले गाजामा ७९ र पश्चिमकिनारमा ५१ नागरिकलाई सहयोग गर्ने प्रयास गरिरहेको बताए । उनका अनुसार तिनीहरूलाई छोड्न भनिएको छ ।

मध्यपूर्वमा अस्ट्रेलियाको सैन्य उपस्थितिको एउटा लामो इतिहास छ । अस्ट्रेलियाली सेनाले इराक र सिरियामा इस्लामिक स्टेट समूहसँग लड्ने संयुक्त कार्यबलमा सैनिकहरूलाई योगदान दिने गरेको छ । उक्त कार्यबलले इराकी सुरक्षा फौजलाई प्रशिक्षण दिँदै आएको छ ।

यसअघिको कट्टरपन्थी सरकारअन्तर्गत अस्ट्रेलियाले सन् २०२० मा एसिया–प्रशान्त क्षेत्रमा आफ्नो रक्षा प्रतिबद्धताहरूमा ध्यान केन्द्रित गर्ने बताएको थियो । परिणामस्वरूप सो सरकारले मध्यपूर्वमा एउटा नौसैनिक जहाजको वार्षिक परिचालनलाई रोकेको थियो । यसबाट नेभिगेसन र सुरक्षाको स्वतन्त्रताको समर्थन गर्ने ३० वर्षको प्रतिबद्धता अन्त्य भएको थियो । रासस-एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबीच भेटवार्ता​

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाली समकक्षी मिल्टन डिकबीच भेटवार्ता भएको छ। अष्ट्रेलियाको संसद्‌मा आज भएको भेटमा उनीहरूबीच नेपाल–अस्ट्रेलिया

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेका छन् । शनिबार

इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित

सिड्नी । मुलुकको सबैभन्दा ठूलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन

मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाद्वारा ब्याजदरमा वृद्धि

सिड्नी । अत्यधिक उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंकले मङ्गलबार प्रमुख ब्याज दरलाई करिब १२ वर्षको उच्चतम स्तरमा बढाएको

अष्ट्रेलियामा सुगम पोखरेलले दर्शकलाई माइकले झट्टी हाने

सिड्नी। सांगीतक कार्यक्रमको लागि अष्ट्रेलिया आइपुगेका चर्चित गायक सुगम पोखेलले एक कार्यक्रममा दर्शकलाई माइकले झट्टी हानेका छन्। एडिलेटमा भएको कार्यक्रममा

अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ हुँदै

सिड्नी। नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन

Techie IT