Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह


सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गरेका छन् ।

शनिबार महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम (एनएचएमपी) का अनुसार अस्ट्रेलियामा हत्याको सिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको वा पूर्व घनिष्ठ साथीबाट हुने गरेको पाइएको छ ।

सन् २०२०–२१ मा अष्ट्रेलियामा हरेक १४ दिनमा एकजना महिलाको हत्या हालको वा भूतपूर्व निकट साथीद्वारा हुने गरेको देखिन्छ । ”असमानता र भेदभावलाई उत्प्रेरित गर्ने र महिलाहरूलाई आपत्तिजनक बनाउने र सहमतिलाई बेवास्ता गर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु सबैको जिम्मेवारी हो,” अल्बानीज भनेका छन् ।

विशेषगरी पुरुषहरू माथि उठ्नुपर्छ । पुरुष नेताहरूसँग परिवर्तनलाई स्वीकार गर्ने र हिंसा, दुर्व्यवहार, भेदभाव र उत्पीडनलाई रोक्ने अवस्था सिर्जना गर्ने अवसर छ” उनले भने ।

सरकारले शनिबार आत्मीय साझेदार हत्याका बारेमा त्रैमासिक अद्यावधिक तथ्याङ्क उपलब्ध गराउन नयाँ प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । हाल सो कार्यक्रमबाट वार्षिक आधारमा तथ्याङ्क उपलब्ध भए तापनि महिलाविरुद्ध हिंसा अन्त्य गर्न अधिकारीहरूले यसलाई सही रूपमा मापन गर्न सक्षम हुनुपर्ने उनको धारणा छ ।

‘‘महिला मन्त्री केटी गालाघर र सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थले नयाँ प्रणालीले कानुन प्रवर्तन, नीति निर्माताहरूलाई सक्रिय पार्दै घरेलु र यौन हिंसा रोक्न सक्षम बन्नुपर्छ । हिंसा अन्त्य गर्न र महिलाको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्नको लागि मिति र सही तथ्याङ्क महत्त्वपूर्ण छ,” गालाघरले भने ।

सरकारले सन् २०२२–२०३२ सम्ममा महिला तथा बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजनामा मे महिनासम्म २.२८ बिलियन अष्ट्रेलियाली डलर (१.५ बिलियन अमेरिकी डलर) लगानी गरेको थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT