Techie IT
२०८१ वैशाख २७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaविद्यार्थी भिसामा अष्ट्रेलिया आउन थप कडाइ

विद्यार्थी भिसामा अष्ट्रेलिया आउन थप कडाइ


सिड्नी। अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ। अष्ट्रेलिया सरकारले आगामी २ वर्षका लागि प्रवासी कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा कडाई गरेको हो।

नयाँ नीति अनुसार प्रवासी विद्यार्थीले अब अंग्रेजी परीक्षामा उच्च अंक ल्याउनुपर्ने भएको छ। विद्यार्थीले अष्ट्रेलिया बसाई लम्ब्याउन दिने दोस्रो भिसा आवेदनको प्रक्रियामा पनि थप कडाई गरिनेछ।

अष्ट्रेलिया गृहमन्त्री क्लेर ओ’निलले सोमबार पत्रकार सम्मेलनमा आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको बताएकी छन्।

त्यहाँ अहिले आप्रवाशीको संख्या बढेर ५ लाख १० हजार रहेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो। आधिकारीक आंकडाका अनुसार २०२४–२५ देखि २०२५–२६ सम्म घटेर एक चौथाई मिलियनमा झर्ने अपेक्षा गरिएको छ ।

२०२२–२३ मा ठूलो संख्यामा अष्ट्रेलियामा विदेशी विद्यार्थी र कामदार भित्र्याइएको थियो। अब त्यससलाई कोभिड महामारी अघिको अवस्थामा फर्काउन विदेशी विद्यार्थी र न्यून सीप भएका कामदारलाई दिने भिसामा कडाई गरिने भएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलियाको मुद्रास्फीति दर ३.६ प्रतिशतमा झर्‍यो

सिड्नी । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बुधबार सार्वजनिक गरेको आधिकारिक

अष्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अष्ट्रेलिया पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

तास्मानियामा फेरि ‘महाजात्रा’ प्रदर्शन हुने

सिड्नी । नेपाली चलचित्र ‘महाजात्रा’को तास्मानियाको होबार्टमा दोस्रो पटक पदर्शन हुने भएको छ । ‘महाजात्रा’ अप्रिल ७ तारिख होबार्टको भिलेज

अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा मङ्गलबार आएको उष्ण कटिबन्धीय चक्रवातका कारण करिब ७०० जना व्यक्ति अलपत्र परेका छन् । अस्ट्रेलियाली

शङ्करले निर्देशन गर्ने ‘सिड्नी ब्लुज’मा पुष्पल र अञ्जना

काठमाडौं । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण

Techie IT