गृहपृष्ठ ∕ Australia ∕ रफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउनेरफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउने नेपालीपत्र सोमबार, २०८० पुस २३ गते, १२:१३ मा प्रकाशित Australia | खेल काठमाडौँ । स्पेनिस रफायल नाडालले अस्ट्रेलियन ओपन गुमाउने भएका छन् । ब्रिसबेनमा भएको प्रतियोगिता दौरान घाइते भएपछि उनले प्रतियोगिता गुमाउने भएको हो ।उनले आफ्नो सोसल मिडियामार्फत अस्ट्रेलियन ओपन नखेल्ने जानकारी दिएका हुन् । उनले भनेका छन्ः ‘ब्रिस्बेनमा भएको अन्तिम खेलमा मलाई मांसपेशीमा अलिकति तनाव भयो जसले मलाई चिन्तित बनायो । जब म मेलबर्न पुगेँ मैले एमआरआई गराए र एक मांसपेशीमा अलिकति चोट लागेको थियो । अब म पाँच सेट खेल्न असमर्थ भएको छु । म अब मेरो डाक्टरलाई भेट्न, उपचार र आराम गर्न स्पेन फर्कदैछु ।’नाडालले खेलमा फर्कन वर्षभर कडा मेहनत गरेको बताउदै तीन महिनामा उत्कृष्ट फर्ममा रहने लक्ष्य राखेको समेत बताएका छन् । उनले मेलबर्नको अद्भुत दर्शकका अगाडी खेल्न नसकेकोमा दुख व्यक्त समेत गरेका छन् ।गत वर्षको सुरुमा राफेल नाडाललाई पनि मांसपेशीमा चोट लागेको थियो जसका कारण उनले लामो समय कोर्टबाट बाहिर बस्नुपरेको थियो । नाडालले २००९ र २०२२ मा अस्ट्रेलियन ओपन जितेका थिए । उनले अहिलेसम्म २२ ग्राण्ड स्लाम जितेका छन् । #अस्ट्रेलियन ओपनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९धेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ कस्तो छ उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था ? ३ वास्तु टिप्स: यस दिशामा चराहरूको चित्र राख्नाले घरको भाग्य बदलिन्छ र आर्थिक लाभ मिल्छ ४ एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण ५ The British College Announces Career Fest 2024: Tackling Brain Drain and Bridging Talent with Opportunity ६ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and Tradition ७ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ताThe Film Nepal