Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा १९औं न्याभ कप आयोजना हुँदै

अष्ट्रेलियामा १९औं न्याभ कप आयोजना हुँदै


सिड्नी । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले हरेक वर्ष आयोजना गर्ने न्याभकप क्रिकेट प्रतियोगिता हुने भएको छ । १९औं न्याभ कप क्रिकेट प्रतियोगिता जनवरी १४ तारिखदेखि संचालन गर्ने भएको हो ।

डोनेथ रिजर्भ रिजर्भयरमा १४ जनवरीदेखि हरेक आइतबार आयोजना हुने क्रिकेट प्रतियोगितामा १७ वटा समूहले प्रतिस्पर्धा गर्नेछन् । त्

यस्तै न्याभले यसपटक पुरस्कारको राशि बढाउँदै करिब १० हजार डलर बराबरको पुरस्कार प्रदान गरिने समेत घोषणा गरेको छ । न्याभ कप आयोजक मूल समितिका संयोजक तथा संस्थाका अध्यक्ष प्रेमराज उप्रेतीले प्रथम पुरस्कार ५ हजार डलर, द्वितिय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहने जानकारी दिए । यस्तै व्यक्तिगत पुरस्कारहरु (म्यान अफ द म्याच, प्लेयर अफ द टूर्नामेन्ट) लगायतमा धेरै पुरस्कारहरु दिइने उप्रेतीले बताए ।

म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोट्र्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब गरी १७ समूहहरुले प्रतिस्पर्धा गर्ने छन् ।

१० मार्चमा हुने ग्रान्ड फिनालेमा नेपाली क्रिकेटका राष्ट्रिय खेलाडी दीपेन्द्र ऐरी र कुशल मल्ललाई सद्भावना दूत नियुक्त गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT