Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaचितवन क्रिकेट क्लब मेलबर्नले गर्यो राष्ट्रिय खेलाडी किशोर महतोलाई सम्मान

चितवन क्रिकेट क्लब मेलबर्नले गर्यो राष्ट्रिय खेलाडी किशोर महतोलाई सम्मान


सिड्नी । चितवन क्रिकेट क्लब मेलबर्नले राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर किशोर महतोलाई सम्मान गरेको छ । शुक्रबार फायरन्जी गार्डेन भ्यु रिसेप्शन फकनरमा भएको एक कार्यक्रमकाबीच क्लबले महोतोलाई नगदसहित सम्मान गरेको हो ।

क्लबले महतोलाई नेपाली क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै १ लाख ३३ हजार ३३३ रुपैयाँ नगद हस्तान्तरण गरेको थियो । महतो नेपाल क्रिकेट संघ क्यानको अनुमति लिएर लिग खेल्न अष्ट्रेलिया आएका हुन् ।

सोही असरमा क्लबले आफ्नो जर्सी पनि सार्वजनिक गरेको छ । क्लबका अध्यक्ष प्रकाश आचार्यले क्लबको भिजन, उद्देश्य र आगामी कार्य योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन क्लबका प्रबन्धक सिद श्रेष्ठले गरेका थिए । उनले किशोर महतोको कप्तानीमा न्याभ कप २०२४ खेल्ने टोलीको घोषणा गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा क्लबका सञ्चालक सुमन अधिकारी, गोविन्द पाठक, अमृत श्रेष्ठ, न्याभ अध्यक्ष प्रेमराज उप्रेती, भिएनसीए अध्यक्ष सुजित बस्नेत, चितवन समाजका अध्यक्ष विपुल ज्ञवाली, क्लबका सल्लाहकार वासुदेव मरहट्टा, समुदायका अगुवा देवेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT