Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअस्ट्रेलियाको शहरमा हुर्किँदै गरेकी रिभाको सारङ्गी मोह

अस्ट्रेलियाको शहरमा हुर्किँदै गरेकी रिभाको सारङ्गी मोह


काठमाडौँ । पछिल्लो समयमा आधुनिकीकरणतिर लम्किएको नेपाली समाजले पाश्चात्य संस्कृति, सङ्गीत र भाषा अपनाउने क्रम बढ्‌दो देखिन्छ । यस प्रवृत्तिबाट नेपाली लोकसंगीत मात्र नभई यस क्षेत्रको एक महत्वपूर्ण अङ्ग नेपाली बाध्य यन्त्रहरू पनि शिकार बनेका छन्। प्रशस्त मात्रामा आगन्तुक बाजाहरूको आगमनले गर्दा नेपाली बाजाहरू लोपोन्मुख अवस्थामा पुग्न सक्ने सम्भावना समेत रहेको छ । प्राचीन सभ्यता र संस्कृतिसँग अविस्मरणीय सम्बन्ध राखेको लोकबाजाको संरक्षण र संवर्द्धन मात्र नभई यसको उत्थान पनि आजको आवश्यकता हो ।

अस्ट्रेलियाको गगनचुम्बी भवनहरूका शहरमा हुर्किबढेकी, अङ्ग्रेजी लिपीमा अध्ययन गर्दै आएकी नेपाली चेली, रीभा शाहको मिठो सारङ्गीको धुन सुन्दा मनमोहित हुनु स्वभाविक नै हो । नेपालमा आधुनिक गीत सङ्गीतको आगमन र प्रभावले विलुप्त भइसकेको नेपाली बाजा, ध्वनि र लोकसंगीतको उत्थानका लागि उनको यस जमर्को अवश्य नै प्रशंसनीय रहेको छ ।

परिचय :
नेपाली मूलकी चेली रीभा शाह हाल अस्ट्रेलियामा आफ्नो परिवारसँग बस्दै आएकी छिन् । कक्षा १० मा अध्ययनरत शाहको बाल्यकाल अस्ट्रेलियामा नै बितेको हो । करिब दुई वर्षदेखि रीभा आफ्नो सारङ्गीको धुनले सबैलाई मोहित बनाउँदै आइरहेकी छिन् । नेपाली लोकसंगीतमा लोकप्रिय ‘कुटुम्ब’ ब्यान्डका सङ्गीतकार श्री किरण नेपालीको अध्यापनमा रहेर आफूले सारङ्गी बजाउँदै आएको उनी बताउँछिन् ।

प्रेरणा :
आफ्नो पारिवारिक वातावरणकै कारण आफू सारङ्गीतिर आकर्षित भएको रीभाको भनाइ छ । बालबालिकाको प्रथम शिक्षक उनका अभिभावक हुन्छन् भनेझै सारङ्गी प्रतिको आफ्नो लगावको श्रेय रीभा आफ्नी आमालाई दिन चाहन्छिन् ।

पहिलो पटक सारङ्गी सिक्ने क्रममा धेरै उत्साह नभए तापनि समयसँगै आफ्नो सारङ्गीका प्रस्तुतहरूलाई दर्शक र शुभचिन्तकहरूले रुचाइदिएकै कारण आफूमा प्रेरणा र हौसलाको वृद्धि भएको उनी बताउँछिन् । सारङ्गी बजाउने क्रममा नेपाली लोकगीत, संस्कृति र इतिहाससँग निकटता र आत्मीयता बढ्दै गएको हुँदा आफू निकै आभारी रहेको रीभाले बताइन्।

बहुप्रतिभाशाली रीभा सारङ्गी मात्र नभई अन्य बाजाहरू पनि उत्तिकै मिठासले बजाउने गर्छिन् । पियानो, गितार, युकुलिली, साथै अन्य थुप्रै बाध्य यन्त्रको ज्ञान पनि रीभासँग भएको उनी बताउँछिन् ।

दैनिक अध्ययनका क्रियाकलाप पछिको आफ्नो खाली समय रीभाको लागि साङ्गीतिक अभ्यासको समय रहन्छ । आफ्नो थकान मेटाउन उनी आफ्नो मुड अनुसार सारङ्गीको मिठा धुनमा भुलिन्छन् ।

कार्यक्रम र प्रतियोगितामा सहभागिता :
हालको समयमा आफू थुप्रै प्रतियोगितामा सक्रिय रूपमा भाग लिएको रीभा बताउँछिन् । हरेक दुई वर्षमा अस्ट्रेलियामा आयोजना हुने ‘नेपाल फेस्टिभल’ आफूले सारङ्गीको रोमाञ्चक प्रस्तुती दिएको उन‌को भनाइ छ । साथसाथै अन्य बहुसांस्कृतिक कार्यक्रमहरूमा पनि भाग लिएर उत्कृष्ट हुन सफल रीभा नेपाली कार्यक्रमहरूमा पनि आफ्नो सक्रिय सहभागिता रहेको बताउँछिन् ।

अस्ट्रेलियामा नेपाली समाजको दृष्टिकोण :
अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली मूलका परिवारका दृष्टिकोणमा नेपाली संस्कृति, लोकगीत र लोकबाजा नेपालीहरूको पहिचान हो । आफ्नो पुर्खाहरूबाट हस्तान्तरण भएको संस्कृति, भाषा र संस्कृतिको जगेर्ना र संरक्षण गर्ने हरेक देश तथा विदेशमा आवासीय नेपालीको दायित्व हो ।

नेपाली संस्कृति, भाषा र लोकसंगीतको संवर्द्धन गर्ने उद्देश्यले मेरो परिवारमा पनि दैनिक बोलीचालीमा नेपाली भाषा प्रयोग गर्दै आएको र उनका परिवारका सदस्यहरूले अनिवार्य रूपमा नेपाली बोल्नुपर्ने नियम समेत रहेको रीभा बताउँछिन् । यसरी नेपाली भाषाको प्रयोग‌ले आफ्नो नेपाली पहिचान र संस्कृतिसँग निकट बनाएको अनुभूति समेत रीभा गर्दछिन् ।

नेपाली भाषा र सारङ्गी प्रतिको आफ्नो लगाव परिवारकै कारण भएकोमा उनी परिवारप्रति कृतज्ञ छिन। सारङ्गी अध्ययनका लागि आफ्नो ठूलो बुबा, आमाले सारङ्गी कक्षा र सारङ्गी उपलब्ध गराइदिनुभएकोमा रिभा आभारी छिन।

प्राय पारिवारिक जमघटमा नेपाली लोकगीत हेर्दा धेरै जसो गीतहरूमा सारङ्गी बजाएको आफूले देखेको र यसै कारण सारङ्गीप्रति आकर्षित भएको उनी बताउँछिन् ।

सामान्यतः आफूले प्रयोग गर्ने बाजाहरू भन्दा सारङ्गी अनौठो भएको कारणले पनि सारङ्गी बजाउने निधो गरेको रीभा भन्छिन् ।

अध्ययन :
“मेरो शिक्षक श्री किरण नेपाली ज्यूले मलाई सर्वप्रथम अनलाइन कक्षा मार्फत सारङ्गी बजाउन मद्दत गर्नुभयो ।त्यस पश्चात् उहाँ अस्ट्रेलियामा आउनु भएपछि पनि मलाई निरन्तर सहयोग गर्नुभयो जसको परिणाम स्वरूप मैले सारङ्गी बजाउने सिके” रीभा ।

आवश्यकता :
नेपाली भूमिबाट टाढा बसोबास गरेको कारण नेपाली संस्कृति र परम्परासँग धमिलो सम्बन्ध रहन्छ । ‘हाम्रो संस्कृति नै हाम्रो पहिचान’ भएकोले पनि आफ्नो मौलिकता, परम्परा र नेपाली समाजलाई नजिकबाट नियाल्न कै लागि आफूले सारङ्गी बजाउन सिकेको रीभा बताउँछिन् ।

पढाइ र रुचि :
सानैदेखि नै पुस्तक पढ्न रुचि भएको र आमाले किताब पढ्ने बानी बसाल्नुपर्ने कुरामा जोड गर्नु भएका कारणले आफू पनि पुस्तकका अक्षरहरूमा रमाउन मन लाग्ने बताउँछिन् । बाह्‌य पुस्तकहरू मध्ये आफूलाई गम्भीर र विशाल ज्ञानका पुस्तक पढ्न रुचि भएको रीभाको भनाइ छ । आफ्नो मन पर्ने लेखक रोल्ड डाल रहेको र रहस्यमय कथानक उपन्यासहरू पढ्‌न रुचाउने रीभा भविष्यमा असल डाक्टर बन्न चाहन्छिन् ।

उनको विचारमा बाह्‌य पुस्तकले व्यक्तिगत ज्ञान र शब्दावलीको पनि अभिवृद्धिका साथै सङ्गीतले झैँ जीवनका हरेक पाइलाका मानिसहरूसँग परिचय गराउँदछ । आफ्ना मित्रहरूसँगको सामीप्यको सुदृढ सुरुवात समेत पुस्तकीय ज्ञानकै देन हुन सक्छ भन्ने धारणा रीभाको छ ।

नेपाली र हिन्दी चलचित्र हेर्न पनि रमाउने रीभा मनोरञ्जनका लागि पुस्तक पढ्‌न रुचाउँछिन्, सारङ्गी र अन्य लोक तथा आधुनिक बाजा बजाउन र परिवारसँग समय बिताउँदा पनि प्रफुल्ल भएको बताउँछिन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

काठमाडौँ । विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली चलचित्र ‘महाभोज’ अब यही जेठ ३०

Techie IT