Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा मनाइयो सोनाम ल्होसार

अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसार


सिड्नी । अष्ट्रेलियामा सोनाम ल्होसार मनाइएको छ । एडिलेडसहित अष्ट्रेलियाका विभिन्न शहरहरुमा सोनाम ल्होछार मनाइएको हो ।

मञ्जुश्री पात्रोअनुसार शनिबारबाट २८६० औं वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरी तामाङ सोसाइटी अफ साउथ अष्ट्रेलियाले खरायो वर्षलाई बिदाई गरी ड्रागन (मेघ) वर्षलाई स्वागत गरेको हो ।

सोसाईटीकी अध्यक्ष अनु घिसिङको सभापतित्वमा भएको कार्यक्रममा तामाङसहितका नेपालका विविधता झल्कने सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो। सोसाइटीले २०१३ देखि एडिलेडमा सोनाम ल्होसार मनाउँदै आएको छ ।

घिसिङले प्रवासमा पनि मौलिक संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा ऐतिहासिक र सांस्कृतिक महत्व राख्ने भाक्पा नृत्य प्रदर्शन गरिएको थियो । नृत्यलाई गुरु रिम्पोचेको नृत्यका रुपमा लिने गरिन्छ ।

यसैगरी सिड्नी, मेलवर्न तथा पर्थमा समेत विविध सास्कृतिक कार्यक्रम गरेर सोनाम ल्होसार मनाइएको तामाङ सोसाइटीका अगुवा छेदा लामाले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT