Techie IT
२०८२ भदौ १६, सोमबार
NepaliPatra logo
गृहपृष्ठAustraliaआफ्नै चार सन्तानको हत्या गरेको अभियोगमा २० वर्षदेखि जेल बस्दै आइरहेकी महिला रिहा !

आफ्नै चार सन्तानको हत्या गरेको अभियोगमा २० वर्षदेखि जेल बस्दै आइरहेकी महिला रिहा !


एजेन्सी । अस्ट्रेलियाको ‘सबैभन्दा खतरनाक सिरियल किलर’ भनिने महिलालाई माफी दिइएको र रिहा गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

हाल सोही मुद्दामा ठोस प्रमाण नहुँदा उनी रिहा भएकी हुन् । यद्यपि उनी २० वर्ष जेल बसे सकेकी छन् ।

मिडिया रिपोर्टका अनुसार यो घटना सन् २००३ को हो ।

क्याथलिन फोल्बिग नामकी एक महिलालाई आफ्ना चार बालबालिकाको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

त्यसपछि यी महिलालाई अष्ट्रेलियाको ‘सबैभन्दा खतरनाक सिरियल किलर’ भनिएको थियो ।

सन् २००३ मा अदालतबाट २५ वर्षको सजाय पाएपछि अभियुक्त महिला विगत २० वर्षदेखि जेलमा थिइन् ।

तर, २०२२ को मे महिनामा सुरु भएको अनुसन्धानमा चकित पार्ने खुलासा भएको थियो ।

एक वर्षसम्म अनुसन्धान चल्यो, तर महिलाविरुद्ध हत्याको ठोस प्रमाण फेला परेन, जसले गर्दा उनलाई दोषी ठहर गर्न नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT