Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaमानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’

मानव सेवा आश्रमको सहयोगार्थ मार्च २ तारिख मेलबर्नमा ‘आमा सेमिनार’


मेलबर्न । गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहजीकरणमा मेलर्बनमा फण्ड रेजिङ डिनर तथा आमा सेमिनार हुँदैछ । इस्टर्न वारियरर्स फुटबल क्लब मेलबर्नले आयोजना गरेको आमा सेमिनार मार्च २ तारिख स्थानीय ईस्टोनियन हाउसमा हुन लागेको हो ।

सिड्नी, न्यूक्यासल र एडिलेडमा यसअघि सम्पन्न भएको आमा सेमिनार मार्च २ तारिख मेलबर्नमा हुन लागेको इस्टर्न वारियरर्स फुटबल क्लबका संरक्षक जोग लिम्बूले जानकारी दिए । मानव सेवा आश्रमको सहयोगार्थ हुने आमा सेमिनारमा मानव सेवा आश्रमको गतिविधिको विषयमा चर्चा हुनुका साथै यसको उद्देश्य प्राप्तिका लागि सहयोग आह्वान गरिनेछ । कार्यक्रमका सहभागिताका लागि आग्रह गर्दै संरक्षक लिम्बुले नेपालमा मानव सेवा गर्न चाहनेहरूको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रमलाई भिक्टोरियाका विभिन्न सामाजिक संघ–सस्थाहरुले सहयोग गरेका छन् । कार्यक्रममा दुई सय जनाभन्दा बढी सहभागी हुने अपेक्षा छ । आमा सेमिनारबाट उठेको सबै पैसा मानव सेवा आश्रमलाई हस्तान्तरण गरिने भएकाले मानवता प्रेमले ओतप्रोत परोपकारी, सहयोगी सबै उदार भिक्टोरियावासी नेपालीलाई कार्यक्रममा सहभागी भइदिन उनले आग्रह गरेका छन् ।

गोरखा समाज अष्ट्रेलियाको पहलमा भएको मानवता प्रवर्द्धन अभियानलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले सहयोग गरेको छ। यसअघि नेपाल, कतार र बेलायतमा मानव सेवा आश्रमले आमा सेमिनार एवं मानवता प्रवर्द्धनका कार्यक्रम गरिसकेको छ।

विसं २०८२ भित्र नेपालको सडकपेटीमा कसैले पनि अनाथ, अभिभावकविहीन, बेसहारा, सहयोगापेक्षी भएर बस्न नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने दृढ सङ्कल्पलाई साकार पार्न एवं मानवता प्रवर्द्धन महाअभियानमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT