Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठAustraliaन्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले जित्यो

न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले जित्यो


सिड्नी । १९औं न्याभ कपको उपाधि ट्राइकन क्रिकेट क्लबले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा ट्राइकनले एक्स्पर्ट सगरमाथा ब्लुजलाई ६ विकेटले हराउँदै ट्राइकनले उपाधि जितेको हो । एक्स्पर्टले दिएको १५४ रनको लक्ष्य ट्राइकनले ४ विकेट गुमाउँदै १८.५ ओभरमा भेट्टाएको हो ।

उपाधिको विजेता ट्राइकनले ट्रफी मेडलसहित नगद ५ हजार अष्ट्रेलियन डलर पाएको छ । उपविजेतामा एक्स्पर्ट सगरमाथा ब्लुजले १ हजार पाँच सय अष्ट्रेलियन डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

न्याभ कपको प्लेयर अफ द सिरिजको रुपमा सागर खड्का घोषित भए भने फाइनल खेलमा ट्राइकनका खेलाडी सन्जोग दाहाल प्लेयर अफ द म्याच घोषित भएका छन् । यस्तै बेस्ट ब्याटिंग सागर खड्का, बेस्ट बलर शेखर अर्याल, बेस्ट फिल्डर रविन्द्र गुरुङ घोषित भएका छन् ।

जेसी डोनेथ रिजर्भमा सम्पन्न भएको फाइनल खेलमा नेपाली क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय खेलाडीहरू दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल सहभागी भएका थिए । उनीहरुले खेलाडीहरू तथा बालबालिकाहरूसँग क्रिकेट क्याम्प पनि गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT