Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठAustraliaचिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने


काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुन् ।

मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभाव भए पनि उनको भ्रमण दुई देशबिच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भने, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्त्व दिनु राम्रो कुरा हो ।”

चिनियाँ विदेशमन्त्रीले मार्च २० मा क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँग ‘रणनीतिक वार्ता’ गर्ने कार्यक्रम छ । “हामी चीनसँग जहाँ सक्छौं, त्यहाँ सहकार्य गर्न चाहन्छौं, जहाँ आवश्यक छ त्यहाँ असहमत हुन चाहन्छौँ र हाम्रो राष्ट्रिय हितमा संलग्न हुन चाहन्छौं,” वोङले एक विज्ञप्तिमार्फत जानकारी गराए ।

“ हामीले हाम्रा मतभेदहरूलाई बुद्धिमानीपूर्वक मार्गनिर्देश गर्यौं भने स्थिर द्विपक्षीय सम्बन्धले दुवै देशलाई आ–आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउन सक्षम बनाउँछ भन्ने अस्ट्रेलियाको धारणा हो ।” सन् २०२२ मा अल्बानिजको मध्य–वामपन्थी लेबर पार्टीले सरकारको नेतृत्व गरेपछि अस्ट्रेलियाको चीनसँगको व्यापार सम्बन्धमा सुधार आएको छ ।

क्यानबेराले हुवावेलाई फाइभजी सम्झौतामा प्रतिबन्ध लगाएपछि चीनले सन् २०२० मा अस्ट्रेलियाका प्रमुख निर्यातमा थप कर लगाउँदै सहज व्यापारको वातावरणमा अवरोध ल्याएको थियो ।

बेइजिङले यसअघि नै अस्ट्रेलियाली कोइला, काठ र जौमा कर र प्रतिबन्धहरू हटाइसकेको छ र यसले अस्ट्रेलियाली वाइनमा लगाएको प्रतिबन्ध पनि हटाउने अपेक्षा गरिएको छ ।

मेलबर्नस्थित ट्रेजरी वाइन एस्टेट्सले यसै साता चिनियाँ र अस्ट्रेलियाली अधिकारीहरूले पाँच महिनाको समीक्षापछि वाइनको शुल्क हटाउने बेइजिङको ‘अन्तरिम मस्यौदा सङ्कल्प’ बारे सुझाव दिएको बताएको छ । यसले ‘आगामी हप्ताहरूमा’ अन्तिम निर्णयको अपेक्षा गरेको छ ।

सन् २०२३ को नोभेम्बरमा अल्बानिजले बेइजिङको सफल भ्रमण गरेका थिए र दुई देशबिचको सम्बन्धमा भएको प्रगतिलाई ‘धेरै सकारात्मक’ भनेका थिए । तर रणनीतिक क्षेत्रमा भने दुई देशबिच मतभेद कायमै छ ।

गत महिना अस्ट्रेलिया सरकारले चिनियाँ मूलका अस्ट्रेलियाली विद्रोही लेखक याङ जुनलाई मृत्युदण्डको सजाय सुनाएपछि आक्रोश व्यक्त गरेको थियो । यस सन्दर्भमा वोङले भनेका थिए, “यस्ता निर्णयहरूले सम्बन्धमा ‘प्रभाव पार्नेछ’ ।”

अस्ट्रेलिया र उसका सहयोगीहरूले दक्षिण प्रशान्त क्षेत्रमा चीनको विस्तारित पहुँचलाई रोक्न खोजिरहेका छन् । बेइजिङले सन् २०२२ मा सोलोमन आइल्यान्ड्ससँग गोप्य सुरक्षा सम्झौता गरेपछि क्यानबेरा र वासिङ्टनले चीनविरूद्ध तीव्र आलोचना गरेका थिए ।

अस्ट्रेलियाले दक्षिण चीन सागरमा बेइजिङको सार्वभौमिकताको दाबीको विरोध गर्न अमेरिका र यस क्षेत्रका एसियाली देशहरूलाई पनि समर्थन गर्दछ । वाइनको शुल्क हटाइयो भने अस्ट्रेलियाली पराल र गाईको मासुमा मात्र चिनियाँ प्रतिबन्ध कायम रहनेछ । रासस/एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

Techie IT