Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल

अष्ट्रेलियाका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन भिक्टोरिया महावाणिज्यदूतावासको अपिल


सिड्नी । आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अष्ट्रेलियाका लगानी कर्तालाई भिक्टोरियाको महावाणिज्यदूतावासले आग्रह गरेको छ।

अप्रिल २८–२९ तारिख काठमाडौँमा हुने ‘नेपाल लगानी शिखर सम्मेलन २०२४’ मा सहभागी हुन अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको पहलमा भिक्टोरिया महाबाणिज्यदूतको कार्यालयले अष्ट्रेलियाका लगानीकर्तालाई अनुरोध गरेको हो ।

‘नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि भिक्टोरियाका लगानीकर्ताहरूलाई आह्वान गरिएको महाबाणिज्यदूतको कार्यालयले जनाएको छ ।

नेपाल सरकारले आयोजना गरेको यस लगानी सम्मेलनमा सहभागी भई लाभ लिन अष्ट्रेलियावासी लगानीकर्तालाई भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले अपिल गरेका छन् ।

लगानी शिखर सम्मेलन २०२४’ लाई मध्यनजर गर्दै नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधनको प्रक्रिया अगाडि बढाएको भन्दै विभिन्न सम्भावित साझेदार मुलुकहरुसँग द्विपक्षीय लगानी सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति गर्न गइरहेको छ । यसले नेपाल र अष्ट्रेलियाबीचको व्यावसायिक गतिविधि विस्तारमा सहज वातावरण बनाउनेछ’ महाबाणिज्यदूत योञ्जनले भने ।

तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT