गृहपृष्ठ ∕ Australia ∕ अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइनेअष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने नेपालीपत्र मंगलबार, २०८१ जेठ ८ गते, १२:२८ मा प्रकाशित Australia सिड्नी । अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले मे २६ मा अष्ट्रेलिया सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने भएको हो ।संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपलेसमेत नेपाल आकर्षक देश रहेको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ फेन्काले ‘एभरेष्ट डे’ मनाउँदै आएको कोषाध्यक्ष राजन कोइरालाले जानकारी दिए । उनले अष्ट्रेलियाका विभिन्न राज्यमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने बताएका छन् ।‘एभरेष्ट डे’ (मे २६) को दिन ब्रिजवेनमा हाइकिङ गरिने उनले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ७ बजे जेसी सलाउदर फल्स पिकनिक एरियामा जम्मा भएर माउन्ट कुथाको ट्रेकिङ रुट हुँदै माउन्ट कुथा लुकआउटमा पुगेर फेरी सोही बाटो हुँदै जेसी सलाउदर फल्समा पुगेर हाइकिङ समापन गरिने छ । नेपालका उच्च हिम श्रंखलाहरुको दीर्घकालीन संरक्षणका साथै उच्च हिमाली भेगमा जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा सम्बन्धित विज्ञहरूले जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई ‘एभरेष्ट डे’को रुपमा मनाइने गरिन्छ । #अष्ट्रेलिया #एभरेष्ट डेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीसिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणासिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा ‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरकाठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएसिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोहीधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ५ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ६ न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने ७ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनThe Film Nepal