Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने


सिड्नी । अष्ट्रेलियामा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले मे २६ मा अष्ट्रेलिया सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने भएको हो ।

संसारकै सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमा रहेको र प्रकृतिक रुपलेसमेत नेपाल आकर्षक देश रहेको बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ फेन्काले ‘एभरेष्ट डे’ मनाउँदै आएको कोषाध्यक्ष राजन कोइरालाले जानकारी दिए । उनले अष्ट्रेलियाका विभिन्न राज्यमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय ‘एभरेष्ट डे’ मनाइने बताएका छन् ।

‘एभरेष्ट डे’ (मे २६) को दिन ब्रिजवेनमा हाइकिङ गरिने उनले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ७ बजे जेसी सलाउदर फल्स पिकनिक एरियामा जम्मा भएर माउन्ट कुथाको ट्रेकिङ रुट हुँदै माउन्ट कुथा लुकआउटमा पुगेर फेरी सोही बाटो हुँदै जेसी सलाउदर फल्समा पुगेर हाइकिङ समापन गरिने छ । नेपालका उच्च हिम श्रंखलाहरुको दीर्घकालीन संरक्षणका साथै उच्च हिमाली भेगमा जाँदा अपनाउनु पर्ने सावधानीका विषयमा सम्बन्धित विज्ञहरूले जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई ‘एभरेष्ट डे’को रुपमा मनाइने गरिन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा एक्सिस ब्याण्ड र साकारकाे कन्सर्ट हुने

सिड्नी । अष्ट्रेलियामा एक्सिस ब्याण्ड लगायतका संगितकर्मीहरुको कन्सर्ट हुने भएको छ । गायक तथा संगीतकार कालीप्रसाद बासकोटा, र्यापर साकार र

अष्ट्रेलियाको न्युनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

सिड्नी । अष्ट्रेलियाको न्युनतम पारिश्रमिक जुलाईको शुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ ।

अष्ट्रेलियाको आर्थिक वृद्धिदर सुस्त

क्यानबेरा। अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले बुधबार

अष्ट्रेलियाले गैरनागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

सिड्नी । अष्ट्रेलिया सरकारले देशको कम जनसंख्याका कारण राष्ट्रले सेना भर्तीको लक्ष्यहरू पूरा गर्न संघर्ष गरिरहेको भन्दै मंगलबार गैरनागरिकहरूलाई आफ्नो

तास्मानियामा लाइभ दोहोरी हुँदै

सिड्नी । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा लाइभ दोहोरी हुने भएको छ । बि एण्ड बी र दिदीबहिनी इभेन्टले जुन ७ तारिख

अष्ट्रेलियामा दुई नेपालीको मृत्यु

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पानीमा डुबेर दुई नेपाली युवाको मृत्यु भएको छ । केप सोलान्डर ड्राइभ कर्नेलमा माछा

Techie IT