Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaसिड्नीमा गजल मुशायरा हुँदै

सिड्नीमा गजल मुशायरा हुँदै


सिड्नी । अष्ट्रेलियामा एक दशकअघिबाट सुरु भएको गजल मुशायराको नयाँ संस्करण आगामी २२ सेप्टेम्बरमा सिड्नीमा हुने भएको छ ।

साहित्यकार मोतिराम भट्टको जन्मजयन्तीको अवसर पारेर कार्यक्रम गर्न लागिएको हो । एनआरएन अष्ट्रेलियाको सहयोगमा हुन लागेको गजल मुशायरामा अष्ट्रेलियाभरीका गजलकारहरु सहभागी बन्ने तय भएको छ । सन् २०१४ मा सिड्नीबाटै सुरु भएको मुशायराले आफ्नो यात्रा पूरा गरेको अवसरमा आयोजित कार्यक्रमलाई विशेष बनाउने यसका संस्थापक जितेन्द्र मल्लले जानकारी दिए ।

मल्लका अनुसार यस पटक गजलकारहरु अशोक दवाडी, अशोक शर्मा, प्रभा आचार्य, ओमकार अधिकारी, केशव शर्मा, कृष्ण समर्पण, गणेश गौतम, छत्रबहादुर धामी, राहुल अर्याल, लक्ष्मण सन्ज्याल, तुल्सा पाण्डे, दुर्गा ढकाल, निस्प्रभ सजी, महेश्वर शर्मा, मानस राज, रमेश अधिकारी, विनायक अधिकारी, विष्णुप्रसाद अधिकारी, सजल नयन, शिवजी भण्डारी र मल्ल आफैंले पनि आफ्ना गजल प्रस्तुत गर्नेछन् ।

कार्यक्रमलाई अझ आकर्षक बनाउन गायनतर्फ सञ्जीव पराजुली, सुवास लामिछाने र महेश प्रसाईंले साथ दिने तय भएको छ । गजलमा विपना पौडेलले नृत्इ प्रस्तुत गर्नेछिन् । कार्यक्रमलाई धुर्सन कन्स्ट्रक्सन तथा लिलीह्वाईट रियलस्टेटले मुख्य प्रायोजन गरेको हो । कार्यक्रम सिड्नीको हस्र्टभिलस्थित सिभिक थियटर दिउँसो २ बजेदेखि आयोजना गरिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर

सिड्नी ।  अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । जति प्रयास गर्दा पनि आगो निभाउन नसकेपछि सरकारले

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को

ई–प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’को अवार्ड

काठमाडौँ । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त

Techie IT