Techie IT
२०८२ भदौ ८, आईतबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध


एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटक जस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।

प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजले नियमहरूको उलङ्घन गरेमा जरिवानाको सामना गर्नुपर्ने उल्लेख गरेका छन् ।

अष्ट्रेलिया सामाजिक सञ्जालको नकरात्मक प्रभाव नियन्त्रणको प्रयास गर्ने अग्रणी राष्ट्र हो । प्रधानमन्त्री अलबानिजले प्रस्तावित उमेर बालबालिकाका लागि सबै भन्दा महत्वपुर्ण र आमा –बाबा सँग विताउनु पर्ने उमेर भएको उनले प्रष्ट पारेका छन् ।

नोभेम्बरको अन्त्यमा संसदमा पेस हुनु अघि यो कानूनहरू यस हप्ता राज्य र क्षेत्रका नेता समक्ष प्रस्तुत गरिनेछ । कानून पारित भएपछि, कार्यान्वयनका लागि एक वर्षको अवधि दिइनेछ । यसको प्रभावकारी कार्यन्वयनका लागि आमाबाबु तथा युवाहरू जिम्मेवार हुनेछन् ।

फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ भने अस्ट्रेलियाले प्रतिबन्ध लागू गर्दा सावधानीपूर्वक सोच्नुपर्ने मेटाका सुरक्षा प्रमुख एन्टिगोन डेभिसले बताएका छन् ।

हेर्न नचाहेका अनावश्यक सामाग्रीहरु सामाजिक सञ्जालमा प्रणालीमा देखा पर्ने भएकाले नियन्त्रण गर्नु परेको अल्बानिजले बताएका छन् । यसैगरी, सञ्चार मन्त्री मिसेल रोल्यान्डले सामाजिक सञ्जाल सञ्चालन गरेका कम्पनीहरूमा बारम्बार जिम्मेवारीको ‘कमी’ देखिइरहेकोे बताएका छन् ।

रोल्यान्डले इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्स जस्ता नेटवर्क तथा कम्पनीहरूले निर्धारित कानूनको उल्लङ्न गरेमा आर्थिक दण्डको सामना गर्नुपर्ने बताएका छन् ।

फ्रान्सले यस अघि नै सन् २०२३ मा कानून पारित गरी सामाजिक सञ्जाल प्रयोगकर्ताको उमेर कम्तीमा १५ वर्ष हुनु पर्ने व्यवस्था गरेको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

सन्दीप भुसालद्वारा एनआरएनए नर्दर्न टेरिटोरीको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

सिड्नी । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी घोषणा

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाए

सिड्नी । अस्ट्रेलियामा नेपाली मुस्लिम समुदायले ईद मनाएका छन् । इस्लामिक पात्रो अनुसार चन्द्रमासको आधारमा मनाइने ईद अल–फित्र यस वर्ष

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?

काठमाडौँ । यतिबेला आज सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही

Techie IT