Techie IT
२०८२ जेठ ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठAustraliaवैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ


काठमाडाैँ । वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रङ्गपुर टाडी घर भई काठमाडाैँको बूढानीलकण्ठ बस्ने ३४ वर्षीय सुदीपचन्द्र बख्रेल र रङ्गपुर टाडी नै घर भई ललितपुरको सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् । बख्रेल र खनालले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया लैजाने भन्दै १२ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

उनीहरूलाई काठमाडाैँको नक्सालबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

सप्तरीमा डाका समूहद्वारा १ जनाको हत्या

सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

Techie IT