Techie IT
२०८२ साउन १५, बुधबार
NepaliPatra logo
गृहपृष्ठAustralia‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी, जापानमा जारी


काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरहरू र दक्षिण कोरियामा यो चलचित्र प्रदर्शन हुने भएको छ, जबकि जापानमा यसको प्रदर्शन जारी नै छ । कोरियामा हिमालयन के-भाइब्स इन्टरटेन्मेन्टले वितरण गर्दैछ भने जापानमा सेभेन समुराई इन्टरटेन्मेन्टले रिलिज गरेको छ ।

‘महाभोज’को अस्ट्रेलिया प्रिमियर यसअघि जुन १ तारिख, शनिवार पर्थमा सम्पन्न भइसकेको छ । अब अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले जुन १९ र २२ मा क्यानबेरा तथा जुन २१ र २२ मा ब्रिसबेनका लागि प्रदर्शन तय गरेको छ । यस्तै एडिलेड, मेलबर्न र तास्मानियामा पनि नियमित प्रदर्शनको तयारी गरिरहेको छ, जसका लागि शो मितिहरू चाँडै घोषणा गरिने बताइएको छ ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ ले सहकारी ठगीको मारमा परेका परिवारको मर्मस्पर्शी कथालाई पर्दामा उतारेको छ । यसले समाजमा सहकारी ठगीले पारेको प्रभाव र त्यसबाट हरेक व्यक्ति कसरी प्रभावित हुन्छन् भन्ने विषयलाई मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले प्रस्तुत गरेको छ ।

चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको सशक्त अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

नेपालमा शुक्रवार रिलिज भएको यस चलचित्रलाई देशभरिबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ, जसले यसको अन्तर्राष्ट्रिय प्रदर्शनलाई थप उत्साहजनक बनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

चलचित्र ‘रियाल रिङ्गेट’को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

काठमाडौँ । यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

Techie IT