सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा कुँवरले ६ हजार ८३९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकाल २ हजार १ सय २६ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्ष पदमा बबिन मिश्रले ७ हजार २ सय ६१ मत प्राप्त गरी विजय हासिल गरे भने प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याए । महासचिव पदमा चुडामणि सापकोटाले ७ हजार ३० मत ल्याए भने उनका प्रतिस्पर्धी भरतमणि देवकोटाले ३ हजार २ सय ५६ मत ल्याए, त्यस्तै अर्का प्रतिस्पर्धी अर्जुन गौतमले १ हजार ८ सय १४ मत ल्याएका छन् ।
सचिव पदमा कल्याण खड्का विजयी भएका छन् । उनले ७ हजार १ सय ८० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत प्राप्त गरे । कोषाध्यषमा निजन चौलागाईंले ७ हजार ८७ मत ल्याए भने प्रतिस्पर्धी लुना सिवाकोटीले ४ हजार ४ सय ५६ मत ल्याएकी थिइन् ।
यस्तै, न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल राज्य संयोजक पदमा विजयी भइन् भने साउथ अष्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुङ विजयी भए ।