


अष्ट्रेलियामा भारी वर्षापछि बाढीको कहर, सिड्नीका ३२ हजार मानिस घर छाड्न बाध्य
सिड्नी । अष्ट्रेलियामा सिड्नी र वरपर बस्ने ३२,००० भन्दा बढी मानिसहरू बाढीका कारण आफ्नो घर छोड्ने खतरामा छन्।
विस्तृतमा
आप्रवासीसहित अस्ट्रेलिया हिडेको डुङ्गा रोकियो

सिड्नी । श्रीलङ्काको नौसेनाले बुधबार दर्जनौँ आप्रवासीलाई अस्ट्रेलिया लग्न लागिएको भनिएको एउटा माछा मार्ने डुङ्गा रोकेको बताएको छ । गत महिना कोलम्बोमा रोकिएको यस्तै घटनासहित अहिलेसम्म यो पाँचौं प्रयास हो ।
अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

सिड्नी । अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो ।
अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

सिड्नी । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आइतबार आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गरेका हुन् । तीन वर्षयता ती देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई “महत्वपूर्ण पहिलो कदम“ भनी वर्णन गरिएको छ
अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता

एजेन्सी । अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गरेका छन् जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ ।
शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।
सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार (भिडियो)

सिड्नी। सिड्नीमा नेपाली बारिस्तामाथि तातो कफी प्रहार भएको छ। पश्चिम सिड्नीको एक क्याफेमा कार्यरत नेपालीमाथि तातो कफी प्रहार भएको हो। स्थानीय समयअनुसार बिहीबार बिहान ११ बजेतिर रोजहिलको सोल बाउलमा घटना घटेको हो।
अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सकहरु भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु सहभागी हुने बताइएको छ।
अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवारः ऊर्जामन्त्री

एजेन्सी । अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको दावी यहाँका ऊर्जामन्त्री क्रिस बोवेनले आइतबार गरेका छन् । अघिल्लो सरकार अन्तर्गत नौ वर्षको समयमा उर्जाशक्ति व्यवस्थापनका सन्दर्भमा आफ्नो मुलुक कमजोर बनेको बोवेनले बताए ।
सिड्नीमा ‘नाइट इन्फिनिटी’ हुँदै

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा ‘नाइट इन्फिनिटी’ हुने भएको छ। नेपाली टच एक्सपर्ट एजुकेसनको प्रस्तुतिमा ‘नाइट इन्फिनिटी’ हुन लागेको हो। सो कार्यक्रममा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू र छेवाङ लामाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दैछन्।
अस्ट्रेलियाली प्रधानमन्त्रीले आइतबार इन्डोनेसिया भ्रमण गर्ने

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले दुई राष्ट्रबीच सम्बन्ध बढाउनका लागि आइतबारदेखि इन्डोनेसियाको भ्रमण गर्ने पुष्टि गरेका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।