‘फूलबारी’को ट्रेलर सार्वजनिक
काठमाडौँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मंगलबार जीटुवान् डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
फिल्ममा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, सोमनाथ खनाल, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।
विस्तृतमा
अनमोल स्टारर् ‘क्याप्टेन’को पहिलो गीत रिलिज
काठमाडौं । अनमोल केसी स्टारर् फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको सो गीत रिलिज गरिएको हो ।
प्रदीप र जसिताको ‘लिलिबिली’ युट्युबमा रिलिज
काठमाडौं । मिलन चाम्सको फिल्म ‘लिलिबिली’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म गत वर्ष दर्शकमाझ रिलिजमा आएको थियो ।
चलचित्र ‘जीवन काँडा कि फूल’ चैत २२ गते देशभर प्रदर्शन गरिने
काठमाडौँ । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ ।
सोनाक्षी सिन्हाले अमेजनबाट १८ हजार भारुको हेडफोन मगाउँदा फलामको टुक्रा पाइन्

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ई कमर्स साइट अमेजनबाट १८ हजारको हेडफोन मगाउँदा फलामको टुक्रा पाएकी छिन् ।
जब बलिउडका यी कलाकार सुटिङ सेटमै घाइते भए...

एजेन्सी । चलचित्रको सुटिङ गर्ने काम सामान्य होइन । कहिलेकाँही सुरक्षाका बिभिन्न उपायहरु अपनाउँदा पनि घटनाहरु घटिहाल्छन् । चलचित्रमाकठिन दृश्यहरुको छायांकन गर्दा कलाकारहरु पनि घाइते भएका घटनाहरु धेरै नै छन् ।
कमेडीयन कपिल शर्मा पनि विवाह बन्धनमा बाँधिए

एजेन्सी । भारतीय कमेडीयन कपिल शर्माको विवाह सम्पन्न भएको छ । बुधबार उनले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् । उनको विवाह कबाना रिसोर्टमा भएको हो । वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीका साथै उनका निकटस्थहरुको सहभागिता रहेको थियो ।
गीतकार बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो ।
जरिन खानको कारसँग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवारको ज्यान गयो

एजेन्सी । अभिनेत्री जरिन खानको कारसँग एक मोटरसाइकल ठोक्किएको छ । यसरी अभिनेत्री जरिनको कारसँग मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
चलचित्र ‘मदहोस’ को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र ‘मदहोस’ को ‘माछी जालैमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
विपिन कार्कीको अभिनय रहेको चलचित्र गोपीको पोस्टर सार्वजनिक

काठमाडौं । विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म गोपीको पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।
कला र मनोरञ्जन ट्रेण्डिङ्ग
- शाहरुखको ‘पठान’ले दुई दिनमा कति कमायो ?
- तीन मिनेटको आइटम गीतको लागि २ करोड पारिश्रमिक
- लोकदोहोरी गायक भीम पौडेलको निधन
- फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक
- शाहरुखको फिल्म ‘पठान’को पहिलो दिनको कमाई कति ?
- 'आरआरआर'को गीत 'नाटु–नाटु' ओस्कारका लागि मनोनीत
- ‘फूलबारी’को ट्रेलर सार्वजनिक
- नवाजुद्दीन सिद्दिकीकी आमाले बुहारी आलिया सिद्दिकीविरुद्ध दर्ता गरिन् उजुरी
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।