सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १७८४ जना, भक्तपुरका २४४ जना र ललितपुरका ३७४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ७१५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ७१५ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट बितेको चौबीस घण्टाको अवधिमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ पछि भक्तपुर जिल्ला प्रशासनद्वारा पनि सेवा स्थगित

काठमाडौँ पछि भक्तपुर जिल्ला प्रशासनद्वारा पनि सेवा स्थगित

काठमाडौँ । काठमाडौँ र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरेको जनाएको छ ।

शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन

शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै मन्त्रालयले नवरात्रका समयमा त्यस्ता खालका गतिविधिमा रोक लगाउन निर्देशन दिएको हो ।

गुण्डा नाइके विकास पुन पक्राउ

गुण्डा नाइके विकास पुन पक्राउ

काठमाडौँ । गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । चेकजाँचको क्रममा प्रहरीलाई ब्यवहार गरेको भन्दै पुनलाई आफ्नै डेराबाट पक्राउ गरिएको हो । पुनलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही रतनपुरस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

'द ब्रिटिस कलेज'को पार्टनर विश्वविद्यालय शिर्ष २० मा

'द ब्रिटिस कलेज'को पार्टनर विश्वविद्यालय शिर्ष २० मा

काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेजले अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । द ब्रिटिस कलेजले पार्टनरसिप गर्दै आइरहेको विश्वविद्यालय वेस्ट अफ इंग्ल्याण्ड (UWE) युकेमा रहेका विश्वविद्यालयमध्ये शिर्ष ३० मा पर्न सफल भएको छ । युकेमा १०० भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् ।

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नेबारे सिसिएमसी बैठकमा छलफल हुने

उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नेबारे सिसिएमसी बैठकमा छलफल हुने

काठमाडौँ । शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठक बस्दै छ । आजको बैठकमा काठमाडौँ उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि प्रवेश गर्ने नाकाहरुमा कडाई गर्नेबारे छलफल हुँदैछ । दैनिक हजारौंको संख्यामा संक्रमण पुष्टि भएसँगै काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाई गर्नुपर्ने सरोकारवालाहरुले कुरा उठाउँदै आएका छन् ।

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर–३ बुद्धचोकका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।