राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । विस्तृतमा


मृत अवस्थामा भेटियाे भाले गैंडा, कालगतिले मरेकाे अनुमान

मृत अवस्थामा भेटियाे भाले गैंडा, कालगतिले मरेकाे अनुमान

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ ।

अदालतले फैसला सुनाएकाे २६ वर्षपछि पक्राउ

अदालतले फैसला सुनाएकाे २६ वर्षपछि पक्राउ

काभ्रे । काठमाडौँ जिल्ला अदालतले वि.सं. २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

सुडान घाेटालाका दाेषी शम्भु भारती पक्राउ

सुडान घाेटालाका दाेषी शम्भु भारती पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ ।

नेकपाका नेता भन्छन्ः विषादी हाल्दासमेत फौजी किरा नियन्त्रणमा आउन सकेन

नेकपाका नेता भन्छन्ः विषादी हाल्दासमेत फौजी किरा नियन्त्रणमा आउन सकेन

खोटाङ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् ।

अछाममा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

अछाममा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

अछाम । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ । सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र तत्काल धैर्य गर्न नसक्ने समस्याका कारण जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।

बाबुको मुख हेर्ने पर्वको अवसरमा गोकर्णेश्वरमा मेला (फोटोफिचर)

बाबुको मुख हेर्ने पर्वको अवसरमा गोकर्णेश्वरमा मेला (फोटोफिचर)

काठमाडौं । पितृदेवो भवः अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

यी चार कम्पनीले पाए खानी उत्खननको अनुमति

यी चार कम्पनीले पाए खानी उत्खननको अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो ।

दुर्घटनाको एक कारण छाडा चौपाया, यसको नियन्त्रणका लागि कसैलाई मतलव छैन

दुर्घटनाको एक कारण छाडा चौपाया, यसको नियन्त्रणका लागि कसैलाई मतलव छैन

कोहलपुर । बाँकेको कोहलपुरदेखि नेपालगञ्ज सडकमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभावी रहेका छाडा पशुसँग ठोक्किएर पछिल्लो समय धेरै दुर्घटना भएका छन् । तर, छाडा चौपाया नियन्त्रणका लागि कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र ट्राफिक प्रहरीले कुनै चासो देखाएका छैनन् । कोहलपुर–नेपालगञ्ज चारलेन सडकमा छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढेको छ ।

क्याम्पस प्रमुखले कवाडीलाई बेचे 'थेसिस'

क्याम्पस प्रमुखले कवाडीलाई बेचे 'थेसिस'

काठमाडौँ । स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् ।

नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम

नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम

काठमाडौँ । नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।

जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।