सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


छ महिनामा राज्यतर्फबाट ६१ पीडित, विप्लव समूहका २४ कार्यकर्ता समातिए

छ महिनामा राज्यतर्फबाट ६१ पीडित, विप्लव समूहका २४ कार्यकर्ता समातिए

पोखरा । कास्की जिल्लामा राज्यपक्षबाट छ महिनाको अवधिमा ६१ पीडित भएको सोमबार यहाँ सार्वजनिक गरिएको एक तथ्याङ्कमा उल्लेख छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्वसमीक्षामा सन् २०१९ जनवरीदेखि जुनसम्ममा उक्त सङ्ख्या पीडित भएको सार्वजनिक गरिएको हो ।

अवैध भरुवा बन्दुकसहित तामाङ पक्राउ– हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान शुरु

अवैध भरुवा बन्दुकसहित तामाङ पक्राउ– हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान शुरु

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् ।

गोप्य सूचनाका आधारमा आठ हुन्डी काराेबारी पक्राउ

गोप्य सूचनाका आधारमा आठ हुन्डी काराेबारी पक्राउ

वीरगञ्ज । अवैध हुन्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेका छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

बाढीले बगायो मादी पुल, ८ करोड स्वाहा

बाढीले बगायो मादी पुल, ८ करोड स्वाहा

पोखरा । २०७२ सालमा १५ महिनाभित्रै सक्ने गरी मृत सञ्जीवनी निर्माण सेवाले पर्यटकीय गाउँ ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्न ज्याम्दुस्थित मादीमा पक्की पुल बनाउन ४ बर्षअघि ठेक्का पायो ।

काठमाडाैँमा सरकारी दरभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा सुरू

काठमाडाैँमा सरकारी दरभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा सुरू

काठमाडौँ । मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर) ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

त्रिशुलीमा २० वर्षदेखि तुईन तान्दै आएका शुक्रबहादुर चेपाङले नयाँ घर पाए

त्रिशुलीमा २० वर्षदेखि तुईन तान्दै आएका शुक्रबहादुर चेपाङले नयाँ घर पाए

काठमाडौँ । हास्यकलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले ८० वर्षीय तुईन चालाउने शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदीस्थित त्रिशुली नदी किनारमा विगत २० वर्ष देखि उनले तुईन तान्दै आइरहेका चेपाङलाई उनीहरुले घर हस्तान्तरण गरेका हुन् ।

अन्डरग्राउण्ड पार्किङ नबनाए भवन बनाउन नपाइने !

अन्डरग्राउण्ड पार्किङ नबनाए भवन बनाउन नपाइने !

पोखरा । पोखरा महानगरपालिकाको भवन मापदण्ड नहुँदा दैनिक रुपमा महानगर पालिकाबाटै स्वीकृति लिएर १० तलासम्मका घर तथा व्यापारिक भवनहरु ठडिएका छन् ।

ओएण्डएमका कारण रक्षा मन्त्रालयका १ सय १३ जना कर्मचारी अन्याेलमा

ओएण्डएमका कारण रक्षा मन्त्रालयका १ सय १३ जना कर्मचारी अन्याेलमा

काठमाडौँ । रक्षा मन्त्रालयले सङ्गठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) बनाउँदा गरेको त्रुटिका कारण १ सय १३ कर्मचारी अहिले अन्योलमा परेका छन् ।

प्रकाश सपुतको गलबन्दीविरुद्ध शम्भु राईले उजुरी दर्ता गरे

प्रकाश सपुतको गलबन्दीविरुद्ध शम्भु राईले उजुरी दर्ता गरे

काठमाडौँ । पुराना गायक शम्भु राईले गायक प्रकाश सपुतविरुद्ध मुद्दा हालेका छन् । प्रकाश सपुतको ‘गलबन्दी’को लय आफूले तयार गरेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् । गायक राईले प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका हुन् । राईले बौद्दिक सम्पत्तीको कुरा भएको भन्दै रजिस्टारको कार्यालय पुगेर उजुरी दर्ता गरेको बताए । यसबीचमा पनि राई र सपुतबीच कुरा भैरहेको बताएका छन् ।

प्रतिष्ठानमा चिकित्सकको लापरवाही, बिरामी भिमीको निधन

प्रतिष्ठानमा चिकित्सकको लापरवाही, बिरामी भिमीको निधन

दाङ । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरबाहीका कारण एक जना बिरामीको निधन भएको छ । पखाला र ज्वरोको बिरामी बंगलाचुली ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको सोमबार निधन भएको हो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।