सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो

‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन् ।

साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण शुरु

साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण शुरु

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम शुरु गरिएको छ । दुई स्थानीय तहको बीचमा पर्ने साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माणको काम शुरु गरिएको हो ।

अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ १५ जना व्यक्तिको मृत्यु

अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ  १५ जना व्यक्तिको मृत्यु

एजेन्सी । पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

हप्ता दिनदेखि राजधानीको फोहर उठेन, दुर्गन्ध फैलँदै

हप्ता दिनदेखि राजधानीको फोहर उठेन, दुर्गन्ध फैलँदै

काठमाडाैँ । उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ ।

भ्यान्टे कामी ३० वर्षपछि पक्राउ

भ्यान्टे कामी ३० वर्षपछि पक्राउ

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कारागारमा क्षमताभन्दा पन्ध्र गुणा बढी कैदीबन्दी

कारागारमा क्षमताभन्दा पन्ध्र गुणा बढी कैदीबन्दी

सिन्धुपाल्चोक । ठाउँ अभावले सिन्धुपाल्चोकको कारागारमा क्षमता भन्दा पन्ध्र गुणा कैदीबन्दी राखिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले नवनिर्मित पुरुष कारागार भवन भत्केपछि सात महिला बन्दीका लागि निर्माण गरिएको कारागार भवनमा हाल १०५ जना कैदीबन्दी राखिएको कारागार कार्यालयका प्रमुख विश्वश्वर रेग्मीले बताए ।

मादीमा ताल बनाउन अध्ययन गरिने

मादीमा ताल बनाउन अध्ययन गरिने

तनहुँको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माणका लागि व्यास नगरपालिकाले अध्ययन गर्ने भएको छ । केही महीना अगाडि काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत छनोट भएको ताल निर्माणका लागि नगरपालिकाले अध्ययन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।

किसानको भैँसीमा बेमौसममा गर्भाधान गराउँदै विश्वविद्यालय

किसानको भैँसीमा बेमौसममा गर्भाधान गराउँदै विश्वविद्यालय

एजेन्सी । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले निजी क्षेत्रमा पालिएका भैँसीलाई बेमौसममा गर्भाधान गराउनका लागि काम शुरु गरेका छन् । रामपुरमा रहेको आफ्नै फारममा यसमा सफलता मिलेपछि भरतपुर र माडीका कृषकले पालेका भैसीमा अनुसन्धान थालिएको हो ।

जीप दुर्घटनामा चालकको मृत्यु

जीप दुर्घटनामा चालकको मृत्यु

दाङ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज रगैँचाबाट तुलसीपुर आउँदै गरेको जीप दङ्गीशरण–७ श्रीगाउँ नजिक दुर्घटना हुँदा जीप चालक दङ्गीशरण–७ रजतगाउँका डिल्लीबहादुर ओलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यस्तो पनि ! जनप्रतिनिधि यार्सा टिप्न गएपछि बजेट आएन

यस्तो पनि ! जनप्रतिनिधि यार्सा टिप्न गएपछि बजेट आएन

डोल्पा । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् ।

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।