सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड ठग्ने पक्राउ

सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड ठग्ने पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु. ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

हयातका आन्दोलनरत मजदूर काममा फर्किए, व्यवस्थापनद्वारा हाेटल चलाउन आनाकानी

हयातका आन्दोलनरत मजदूर काममा फर्किए, व्यवस्थापनद्वारा हाेटल चलाउन आनाकानी

काठमाडौँ । श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन् ।

माइक्रोफाइनान्सका कर्मचारीकाे हत्या गरी नगद लुटपाट

माइक्रोफाइनान्सका कर्मचारीकाे हत्या गरी नगद लुटपाट

फिदिम । मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।

व्यवसायीक रूपमा खरायाे पालन

व्यवसायीक रूपमा खरायाे पालन

बागलुङ । बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिक रुपमा खरायोपालन सुरु गरेका छन् ।

१५ तस्विरमा हेर्नुहोस जनआन्दोलनको झल्को आउने माइतीघरको बृहत प्रर्दशन

१५ तस्विरमा हेर्नुहोस जनआन्दोलनको झल्को आउने माइतीघरको बृहत प्रर्दशन

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा बुधबार विशाल प्रदर्शन भएको छ । गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै गुठीसम्बद्ध सरोकारवाला पक्षहरूले माइतीघरमा जनआन्दोलनकै झल्को दिने गरी प्रदर्शन गरेका हुन् ।

जाजरकाेटमा बन्ने भयाे आधुनिक अस्पताल

जाजरकाेटमा बन्ने भयाे आधुनिक अस्पताल

जाजरकोट । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ ।

वन विधेयकका बारेमा विज्ञसँग छलफल

वन विधेयकका बारेमा विज्ञसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा वन विधेयकमा राखिएका प्रावधानबारे छलफल गरेको हो । समितिका सभापति पूर्णाकुमारी सुवेदीले विधेयकमा राखिएका प्रावधानबारे छलफल गर्नका लागि विज्ञलाई समितिमा बोलाइएको बताए । उनले वनलाई कसरी व्यवस्थित बनाउने भन्नेमा विधेयकले समेट्न नसकेको कुरालाई विज्ञसँगको सल्लाहमा समेटिने बताए ।

माइतीघरमा विशाल खबरदारी सभा

माइतीघरमा विशाल खबरदारी सभा

काठमाडौँ । सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौँको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । काठमाडौँ उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएर खबरदारी सभा गरेका हुन् । सभाको लागि स्वतः स्फूर्त रुपमा उपत्यकाका नेवार समुदाय राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा ओहिरिएका छन्।

राजविराज नगरपालिकाको वडा ५ को कार्यालयमा चोरी गर्ने राम पक्राउ

राजविराज नगरपालिकाको वडा ५ को कार्यालयमा चोरी गर्ने राम पक्राउ

सप्तरी । राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज वडा नं ५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपीयु, किबोर्ड, प्रिन्टरलगायतको समान चोरी भएको थियो । चोरीका सामानसहित रामलाई छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिए । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।