सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


१५ तस्विरमा हेर्नुहोस जनआन्दोलनको झल्को आउने माइतीघरको बृहत प्रर्दशन

१५ तस्विरमा हेर्नुहोस जनआन्दोलनको झल्को आउने माइतीघरको बृहत प्रर्दशन

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौँको माइतीघरमा बुधबार विशाल प्रदर्शन भएको छ । गुठी विधेयक खारेज नै गर्नुपर्ने माग गर्दै गुठीसम्बद्ध सरोकारवाला पक्षहरूले माइतीघरमा जनआन्दोलनकै झल्को दिने गरी प्रदर्शन गरेका हुन् ।

जाजरकाेटमा बन्ने भयाे आधुनिक अस्पताल

जाजरकाेटमा बन्ने भयाे आधुनिक अस्पताल

जाजरकोट । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ ।

वन विधेयकका बारेमा विज्ञसँग छलफल

वन विधेयकका बारेमा विज्ञसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वन विधेयक–२०७५’ का बारेमा विज्ञसँग छलफल गरेको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममा वन विधेयकमा राखिएका प्रावधानबारे छलफल गरेको हो । समितिका सभापति पूर्णाकुमारी सुवेदीले विधेयकमा राखिएका प्रावधानबारे छलफल गर्नका लागि विज्ञलाई समितिमा बोलाइएको बताए । उनले वनलाई कसरी व्यवस्थित बनाउने भन्नेमा विधेयकले समेट्न नसकेको कुरालाई विज्ञसँगको सल्लाहमा समेटिने बताए ।

माइतीघरमा विशाल खबरदारी सभा

माइतीघरमा विशाल खबरदारी सभा

काठमाडौँ । सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौँको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । काठमाडौँ उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएर खबरदारी सभा गरेका हुन् । सभाको लागि स्वतः स्फूर्त रुपमा उपत्यकाका नेवार समुदाय राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा ओहिरिएका छन्।

राजविराज नगरपालिकाको वडा ५ को कार्यालयमा चोरी गर्ने राम पक्राउ

राजविराज नगरपालिकाको वडा ५ को कार्यालयमा चोरी गर्ने राम पक्राउ

सप्तरी । राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राजविराज वडा नं ५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपीयु, किबोर्ड, प्रिन्टरलगायतको समान चोरी भएको थियो । चोरीका सामानसहित रामलाई छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

चितवन । जिल्लामा गर्मी बढेसँगै रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार अहिले केन्द्रमा आकस्मिक बाहेकका बिरामीका लागि आवश्यक पर्ने रगत अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जिल्लामा दैनिक १५० युनिट रगतको आवश्यक पर्ने जानकारी दिए । तर अहिले केन्द्रमा ७० देखि ७५ युनिट मात्रै रगत रहेको छ । गर्मी बढेसँगै रगतको आवश्यकता हुने बिरामीको चाप बढ्ने तर रक्तदान कार्यक्रम नहुने गर्दा रगतको अभाव देखिएको हो ।

गुठी विधेयक फिर्ता भए पनि आन्दोलन जारी

गुठी विधेयक फिर्ता भए पनि आन्दोलन जारी

काठमाडौँ । सरकारले गुठी विधेयक फिर्ता लिए पनि त्यसविरुद्धको आन्दोलन नरोकिने भएको छ । मंगलबार सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजन गरेर मन्त्री पद्मा कुमारी अर्यालले विधेयक फिर्ता लिने निर्णय गरे पनि सरकारले गलत व्याख्या गरेर झुक्याउन खोजेको गुठियारहरुले आज माइतीघरमा प्रदर्शन गर्न लागेको हो ।

इनरुवामा पनि डेंगुका बिरामी भेटिए, सचेतना कार्यक्रम सञ्चालनमा ल्याइयो

इनरुवामा पनि डेंगुका बिरामी भेटिए, सचेतना कार्यक्रम सञ्चालनमा ल्याइयो

सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ । इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए ।

एक महिनापछि मात्रै उठ्यो लहानको फोहर

एक महिनापछि मात्रै उठ्यो लहानको फोहर

लहान । लहान नगरपालिका र स्थानीयवासीबीच तीन बुँदे सहमति भएपछि एक महीनादेखि रोकिएको फोहर उठाउने कार्य शुरु भएको छ ।

फिरन्ते जीवनयापन गर्दै आएका राउटेलाई नागरिकता दिइने

फिरन्ते जीवनयापन गर्दै आएका राउटेलाई नागरिकता दिइने

दुल्लु । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।