राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । विस्तृतमा


पानीको बहाव बढेसँगै कोशी ब्यारेजको २९ ढोका खोलियो

पानीको बहाव बढेसँगै कोशी ब्यारेजको २९ ढोका खोलियो

इनरुवा । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

बन्दीपुरमा केबुलकार !

बन्दीपुरमा केबुलकार !

दमौली । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहेका उपाध्यायले जानकारी दिए ।

दाउरा निकाल्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता

दाउरा निकाल्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता

नवलपरासी । पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् । बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ ।

पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

नुवाकोट । तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले शनिबार तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सामाजिक परिचालक धुव्र तामाङले जानकारी दिए ।

दुर्घटनामा वडाध्यक्षसहित पाँच घाइते

दुर्घटनामा वडाध्यक्षसहित पाँच घाइते

पाँचथर । फालेलुङ गाउँपालिका–६ मा शनिबार साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डाक्टर बन्न छोडेर हिमाल खोज्दै हिँडे आङछिरिङ

डाक्टर बन्न छोडेर हिमाल खोज्दै हिँडे आङछिरिङ

काठमाडौँ । मेरा बुबाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मनले मान्दै मानेन । डाक्टर पढ्न भारत पनि पुगेको थिएँ । हिमालको काखमा बसेको मान्छे परें । भारतको गर्मी सहनै सकिनँ, फर्केर आएँ । मलाई मेरै हिमालसँगको माया थियो,

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन् ।

जडीबुटी उद्योग बन्द

जडीबुटी उद्योग बन्द

रामपुर पाल्पा । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ ।

उच्च अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौट

उच्च अदालतमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौट

पोखरा । उच्च अदालत पोखराले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढि मुद्धा फस्यौंट गरेको छ । उच्च अदालले यो आर्थिक वर्षमा मुद्धा

पोखराको सरकारी कार्यलयमा दिउँसै जाडँपार्टी ,मदिराको तालमा कर्मचारी

पोखराको सरकारी कार्यलयमा दिउँसै जाडँपार्टी ,मदिराको तालमा कर्मचारी

पोखरा । जनताको कर तिरेर राज्यको तलब खाने कर्मचारी जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने ठाउँमा दिउसै कार्यालय हातामा

जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।