टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । विस्तृतमा


वीरगन्जमा मृत्यु भएका दुई व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगन्जमा मृत्यु भएका दुई व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगन्ज । बिहीबार बिहान वीरगन्जमा मृत्यु भएका दुई व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डक कोभिड अस्पतालमा बाराका दुई व्यक्तिको मृत्यु भएको थियो । अस्पतालमा आइसियू कक्षको अभाव भएपछि उनीहरुको नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचार गराइएको थियो।

एपीएफ टोलीद्वारा अवैध काठ बरामद

एपीएफ टोलीद्वारा अवैध काठ बरामद

काठमाडौँ । धनुषा जिल्लाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित भित्री सडकखण्डबाट साउन २८ गते एपीएफ टोलीले विभिन्न जातको करीव दुई सय ५० क्यूफिट अवैध काठ बरामद गरेको छ । ज १ त ९१३५ र ज १ त ९३६६ नम्बरको ट्याक्टरमा राखेर अवैध रुपले लैजाँदै गरेको अवस्थामा जामुन, कटहर र सिसौंका काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस नक्टाझिजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

भरतपुर महानगरमा आज रातिदेखि एकहप्ता लकडाउन

भरतपुर महानगरमा आज रातिदेखि एकहप्ता लकडाउन

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले दिए ।

गुल्मीमा अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

गुल्मीमा अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताए । पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिए ।

महाकाली नदीमा फसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

महाकाली नदीमा फसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

सोही जिल्लाको दुहुँ गाँउपालिका ५ बस्ने २२ बर्षिया गिता महरा र २६ बर्षिया पबित्रा महरा नदीको किनारमा बालुवा निकाल्ने क्रममा एक्कासी पानीको बहाव बढेपछि नदिबाट बाहिर निस्कीन नसकेपछि एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

महाकालीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिँदै

अमरगढी । महाकाली नदीमा पानीको सतहबारे स्वचालित यन्त्रले जानकारी दिने गरेको छ । परशुराम नगरपालिका–५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली अपनाइएको हो ।

कर्फ्युको कारण धादिङवेशी सुनसान

कर्फ्युको कारण धादिङवेशी सुनसान

धादिङवेशी । कोरोना भाइरसको संक्रमण फैलदै गएसँगै धादिङ सदरमुकाम धादिङवेशीमा बिहीबारबाट भदौ ३ गते राति सम्मको लागि कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएसँगै धादिङवेशीको अवस्था सुनसान छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मालबहाक गाडी र एम्बुलेन्स सेवा बाहेकका सबै सेवाहरु बन्द गर्दै कर्फ्यु लागु गरेको हो ।

न्यूरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल बन्द

न्यूरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका पसल बन्द

काठमाडौँ । कोरोना भाइरसको संक्रमणको कारण न्यूरोडस्थित जुद्ध सालिकदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गराइएको छ । एक व्यापारीमा संक्रमण पुष्टि भएसँगै शुक्रबारबाट भदौ ७ गतेसम्मका लागि उक्त क्षेत्रका पसलहरु बन्द गराइएको हो । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका वडा २४ मा पर्छ ।

८ फोटोमा लिदीको पहिरो

८ फोटोमा लिदीको पहिरो

सिन्धुपाल्चोक । शुक्रबार बिहान आएको पहिरोमा सिन्धुपाल्चोकाको जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । उक्त पहिरोमा परेर गम्भीर घाइते भएका चार जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका २ ट्रकमा आगलागी

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका २ ट्रकमा आगलागी

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।