सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


फेरि लकडाउन हुने सम्भावना कति ?

फेरि लकडाउन हुने सम्भावना कति ?

आज मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ । कूल छ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । देशभर कूल सङ्क्रमित सङ्ख्या २१ हजार ७५० पुगेको छ । आज मात्रै काठमाडौँमा थप ७६ जना नयाँ सङ्क्रमति भेटिएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुग्याे

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५  पुग्याे

काठमाडौँ । मोरङ, सर्लाही, धनुषा र सप्तरीमा थप ५ जनाको मृत्यु भए सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू

सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ ।

आहा ! मनमोहक तारकेश्वर (तस्विरमा हेर्नुहोस)

आहा ! मनमोहक तारकेश्वर (तस्विरमा हेर्नुहोस)

तारकेश्वर। तारकेश्वर नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । नगरपालिको नामसँग जोडिएका शिवपुरी पर्वतमालाको काखमा अवस्थित तारकेश्वर महादेव मन्दिर संरक्षण र प्रचारप्रसार अभावमा विलुप्त अवस्थामा पुगेको छ । सो मन्दिर हिन्दू धर्मावलम्बीको तीर्थस्थल मानिन्छ ।

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको छ र उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएको थियो । उनीसँगै उनको परिवार लगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो । प्रचण्डकी छोरी गंगा दाहालले ६ जना सुरक्षाकर्मीबाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

प्रदेश नं १: बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

भद्रपुर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने

कास्की । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को सङ्ख्यामा सक्रिय सङ्क्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय सङ्क्रमित नरहेको जानकारी दिए ।

संसद् सचिवालयका प्रवक्ता पाण्डेमा पनि कोरोना पुष्टि

संसद् सचिवालयका प्रवक्ता पाण्डेमा पनि कोरोना पुष्टि

काठमाडौँ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी अनुगमनको क्रममा एक टोलीसँग देशका बिभिन्न भागमा पुगेका थिए । उक्त टोलीका सदस्यमा कोरोना पुष्टि भएपछि उनको पनि स्वाव परीक्षण गरिएको थियो । सोही क्रममा उनको नतिजा पोजेटिभ आएको हो ।

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्य कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।