सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


बेरुत विस्फोटः नेपाली सकुशल

बेरुत विस्फोटः नेपाली सकुशल

लेबनान । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्

मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम

मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम

भक्तपुर । भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो ।

बाढीले बेँसीशहर–चामे सडक बगायो

बाढीले बेँसीशहर–चामे सडक बगायो

चामे । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो ।

महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थाले

महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थाले

महोत्तरी । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा (कफ्र्यू)ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना भाइरसबाट संक्रमित

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना भाइरसबाट संक्रमित

जनकपुर । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । बुधबार साँझ मन्त्री यादवमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित प्रदेश २ का मन्त्रीले प्रधानमन्त्री सहित विशिष्ट अधिकारीलाई भेटेको खुलासा

कोरोना संक्रमित प्रदेश २ का मन्त्रीले प्रधानमन्त्री सहित विशिष्ट अधिकारीलाई भेटेको खुलासा

उक्त बैठकमा प्रधानमन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरू उपस्थित भएका थिए । बालुवाटारको बैठक सकिएपछि साउन १९ गते मन्त्री यादव जनकपुर फर्किएका थिए । त्यही क्रममा उनले जनकपुरमा कोरोना परीक्षण गराएका थिए । बुधबार राति आएको रिपोर्टमा उनमा संक्रमण पोजेटिभ देखिएको छ ।

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल

काठमाडौँ । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ ।

यातायातमा जोरबिजोर प्रणाली लागू

यातायातमा जोरबिजोर प्रणाली लागू

काठमाडौँ । मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

सामान्य विवाद हुँदा चिर्पट प्रहार गरी हत्या

सामान्य विवाद हुँदा चिर्पट प्रहार गरी हत्या

गत २० गते राती पौने ९ बजेको समयमा स्थानीय ५६ बर्षीय जबरधन राईसँग सामान्य विवाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमा नै मृत्यु भएको थियो ।

ओखलढुङगामा खोलाले बगाएर १ जना बेपत्ता

ओखलढुङगामा खोलाले बगाएर १ जना बेपत्ता

बुधवार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको उनीको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।