सरकारद्वारा ९ जना सचिवको हेरफेर

काठमाडौँ । नयाँ मन्त्रीहरुको नियुक्तिसँगै सरकारले ९ जना सचिवको हेरफेर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । विस्तृतमा


सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा संक्रमण पुष्टि

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणमा ७ महिला र २६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अछाम, कैलाली र कञ्चनपुरका रहेका छन् ।

फेरि दुई साता लकडाउन !

फेरि दुई साता लकडाउन !

काठमाडौँ । हालको अवस्थामा लकडाउन गर्ने/नगर्नेबारे भएको छलफलमा विज्ञ तथा प्रतिपक्षी दलका नेताहरुले लकडाउन गर्न सल्लाह दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरमा डाकेको बैठकमा प्रतिपक्षी दलका नेता तथा विज्ञहरुले अझै दुई साता लकडाउन गर्नुपर्ने सल्लाह दिएको स्रोतको भनाई छ ।

उपत्यकाका यी १४ केन्द्रमा हुन्छ कोरोना परीक्षणको लागि स्वाव संकलन

उपत्यकाका यी १४ केन्द्रमा हुन्छ कोरोना परीक्षणको लागि स्वाव संकलन

काठमाडौँ । पछिल्लो केही हप्ता यता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै सरकारले १४ वटा स्वाब संकलन केन्द्र तोकेको छ । अस्पतालसहित विभिन्न हब अस्पताल तथा कोभिड क्लिनिकहरुबाट स्वाब संकलन गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पूर्व–पश्चिम लोकमार्गमा ठूलाठूला खाल्डा, सवारी दुर्घटनाको सम्भावना बढ्यो

पूर्व–पश्चिम लोकमार्गमा ठूलाठूला खाल्डा, सवारी दुर्घटनाको सम्भावना बढ्यो

सर्लाही । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटको चरम लापवाहीका कारण पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनाको सम्भावना बढ्दै जान थालेको छ । पूर्व–पश्चिम लोकमार्गको सर्लाही क्षेत्रमा पर्ने सडक खण्ड भत्केर ठूलाठूला खाल्डा भएका कारण सवारी दुर्घटनाको सम्भावना बढेको हो ।

कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझियो, स्थानीयमा त्रास

कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझियो, स्थानीयमा त्रास

झापा । कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ ।

कोरोना सङ्क्रमणको कारण विराटनगरका सरकारी कार्यालय सञ्चालन गर्न सकस

कोरोना सङ्क्रमणको कारण विराटनगरका सरकारी कार्यालय सञ्चालन गर्न सकस

यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न समस्या भइरहेको कार्यालय प्रमुखहरु बताउँछन् । नापी र मालपोत कार्यालय ७२ घण्टाका लागि बन्द गरिएको छ । नापी शाखाका दुईजना कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि मोरङको गोठगाउँस्थित क्वारेन्टिनमा लगिएको छ ।

टंगालस्थित अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

टंगालस्थित अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले बतायो । संक्रमण देखिएकामध्ये १४ जना प्रहरी कर्मचारी हुन् भने एक जना सिभिल ड्राइभर हुन् ।

बालुवाटारमा लकडाउन गर्ने/नगर्नेबारे छलफल

बालुवाटारमा लकडाउन गर्ने/नगर्नेबारे छलफल

पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेसँगै ओलीले छलफल अघि बढाएका हुन् । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन् ।

अबदेखि पिसिआर परीक्षण गराउँदा परिचयपत्र अनिवार्य देखाउनुपर्ने

अबदेखि पिसिआर परीक्षण गराउँदा परिचयपत्र अनिवार्य देखाउनुपर्ने

सप्तरी। कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

मोहना नदीमा डुबेर बेपत्ता भएका दुईको शव फेला

मोहना नदीमा डुबेर बेपत्ता भएका दुईको शव फेला

गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।