लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा अघि बढिरहेको छः गृहमन्त्री खाँण

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन्। आइतबार काठमाडौँमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन्। विस्तृतमा


काठमाडौंबाट गरियो १० महिलाको उद्दार, यस्तो छ कारण

काठमाडौंबाट गरियो १० महिलाको उद्दार, यस्तो छ कारण

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ ।

विमल पोदारपछि अब दिपक मल्होत्रामाथि नजर

विमल पोदारपछि अब दिपक मल्होत्रामाथि नजर

काठमाडौं । जब ३३ किलो सु तस्करी प्रकरण्मा नेपाल प्रहरीका सिपाहीदेखि डीआईजीसम्म पक्राउ पर्न थाले तब मानिसहरुले भन्न थालेका थिए, अब लहरो तान्न सुरु भएपछि पहरो थर्किने छ । अहिले त्यस्तै हुँदैछ, नेता, सत्ता र राजनीतिक दल, प्रहरीका हाकिमहरुको शक्तिको आडमा वैध÷अवैध धन्दा चलाउँदै आएका दीपक मल्होत्राका भित्री/बाहिरी कारोबारी मित्र विमल पोदार पक्राउ परे ।

विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोट : ‘सन्तानलाई अब जानै दिन्नौँ’

विदेशमा तीन छोरा गुमाएका दम्पतीको अठोट : ‘सन्तानलाई अब जानै दिन्नौँ’

म्याग्दी । दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् ।

नारायणगढ­–मुग्लिन सडकमा पहिरो, आवागमन अबरुद्ध

नारायणगढ­–मुग्लिन सडकमा पहिरो, आवागमन अबरुद्ध

काठमाडौं । सोमबार नारायणगढ–­मुग्लिन सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । आइतबार बिहान करिब २ बजे खसेको पहिरोका कारण यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अकार्की श्रीमती भगाएको कारण जंगबहादुरको हत्या

अकार्की श्रीमती भगाएको कारण जंगबहादुरको हत्या

काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाको निधनसम्धन्धी थुप्रै मिथक छन् । सर्लाहीको जंगलमा शिकार खेल्न जाँदा सेतो बाघको आक्रमणबाट उनको मृत्यु भएको एकथरीको भनाइ छ ।

एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट !

एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट !

काठमाडौं । माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

घुस खाने विद्युत प्राधिकरणका प्राविधिक रंगेहात पक्राउ

घुस खाने विद्युत प्राधिकरणका प्राविधिक रंगेहात पक्राउ

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आइतबार पक्राउ गरेको छ। मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।

नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् ।

घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत फन्दामा

घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका शाखा अधिकृत फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गानाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगकाअनुसार आरोपी ढुंगानाले श्रम इजाजत दिने विषयमा प्रकाशित भएको सूचना अपूरो रहेको भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको अभियोगमा कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरिएको थियो।

तातोपानी नाका एक वर्षभित्रै खुल्ने

तातोपानी नाका एक वर्षभित्रै खुल्ने

काठमाडौँ । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ ।

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।