आयुर्वेदिक औषधिमा भगवान भरोसा !

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनी’ को यही असोज महिनाको पहिलो साता प्रशारित भाग ३५ मा एउटा आयुर्वेदसँग सम्बन्धित सामग्री देखाइएको छ । सिरियलका एक पात्र ‘पाँडे’ ले काठमाडौँमा ‘पाँडे आयुर्वेदिक फर्मा’ खोल्छन् । जहाँ गाउँबाट बाख्राको बड्कौला र फर्निचर उद्योगबाट काठको धुलो झिकाइन्छ, प्याकेजिङ गरेर बेचेको देखाइन्छ । विस्तृतमा


ओलीको स्वप्निल योजना र कर्मचारीतन्त्रको प्रवृत्ति

ओलीको स्वप्निल योजना र कर्मचारीतन्त्रको प्रवृत्ति

सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्ने गरी विकास र समृद्धिमा केन्द्रित रहँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक रहेको भोलिपल्ट अर्थात गएको शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही सञ्चारकर्मीलाई बोलाएर गरेको एक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले यो एक बर्षको विकास र कामबारे आफू सन्तुष्ट नरहेको बताए । नेपाल र नेपालीको समृद्धिका लागि अहोरात्र खटिरहेका प्रधानमन्त्री ओलीको स्पिरिटमा उनको टिम र मन्त्रिमण्डल तथा प्रशासन संयन्त्र चल्न नसकिरहेको बहस चलिरहेका बेला प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति आएको छ ।

संविधानको धाराभित्रै गुम्सिएको प्रेस स्वतन्त्रता

संविधानको धाराभित्रै गुम्सिएको प्रेस स्वतन्त्रता

पत्रकारले विना रोकतोक अथवा कसैको हस्तक्षेपविना वा नियन्त्रणविना नै सत्य तथ्य र विश्वसनिय समाचार ,सूचना तथा जानकारीहरु प्रकाशन तथा प्रशारण गर्न पाउने अधिकार हो प्रेस स्वतन्त्रता ।प्रेस स्वतन्त्रतालाई विचार अभिव्यत्ति स्वतन्त्रता पनि भनिन्छ । प्रजातान्त्रिक मुलुकमा मात्रै प्रेस स्वतन्त्रताको अभ्यास गर्ने अवसर प्राप्त हुन्छ । हाम्रो जस्तो लोकतान्त्रिक गणतान्त्रात्मक राज्य व्यवस्था भएको मुलुकमा प्रेस स्वतन्त्रता मौलाएर झाँगिनु पर्नेमा केवल संविधानका धारामा मात्रा अल्झिएर गुम्सिएको देखिन्छ ।हाम्रो संविधानको धारा १७ को उपधारा २ ९क० मा रहेकोृ विचारअभिव्यक्ति स्वतन्त्रताको हक र धारा १९ मा रहेको सञ्चारको हकले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ ।

बिआरआइले जोड्न खोजेको विश्व

बिआरआइले जोड्न खोजेको विश्व

काठमाडौँ । चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’को दोस्रो अन्तरराष्ट्रिय सहकार्य सम्मेलन शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको छ ।

रानीपोखरी तिहारमा प्रयोग गर्न मिल्ने, एकै रुखले नबन्ने भो काष्ठमण्डप र धरहरामा दुई भर्‍याङ

रानीपोखरी तिहारमा प्रयोग गर्न मिल्ने, एकै रुखले नबन्ने भो काष्ठमण्डप र धरहरामा दुई भर्‍याङ

काठमाडौँ । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्ण रुपमा क्षति पुगेको थियो ।

गुलामीपनको हद बढ्दै

नेपालको राजनीतिमा गुलामी राजनीतिको दवदवा चलिरहेको छ । हरेक कर्ममा गुलामी गर्ने र सबैलाई गुलामी नै सोच्ने राजनैतिक नेतृत्वको शैलीले गुलामीपनको हद बढ्दै गइरहेको छ । नेताहरू सवै जनता तथा कार्यकर्तालाई गुलामी सम्झने र कार्यकर्ता र जनता चाहिँ सानोभन्दा सानो कामका लागि पनि भनसुनमा आश्रित रहने परिपाटीले झन् गुलामी राजनीतिलाई बढवा दिँदै गइरहेको छ । परापूर्व कालदेखि नै यसको शुरुवात भएतापनि पछिल्लो समय गुलामी विनाका काम नहुने स्थिति सृजना भएको छ ।

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

प्रमुख दल बिनाको भोलिको निर्वाचनबाट थाइल्याण्डले पाउला त निकास ?

काठमाडौ । प्रमुख पार्टीको सहभागिता बिना नै थाईल्याण्डमा आइतबार बहुप्रतिक्षीत निर्वाचन हुन लागेको छ । सैन्य प्रमुखको नेतृत्वमा चलेको सरकारलाई निर्वाचनमार्फत् लोकतान्त्रिक सरकारमा परिणत गराउने प्रयास स्वरुप हुन लागेको निर्वाचनमा प्रमुख दल नै सहभागी नभएपछि निर्वाचनको पूर्णता माथी नै संशय उत्पन्न भएको छ ।

सिके राउतले बुझ्नुपर्ने कुरा : जनमत संग्रह के का लागि ?

सिके राउतले बुझ्नुपर्ने कुरा : जनमत संग्रह के का लागि ?

केपी ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालको समीक्षा हुँदै गर्दा नेपाली राजनितीमा एकाएक नयाँ विषयले माहोल तताएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेका सिके राउतले अदालतबाट सफाई पाएसँगै सरकार र सिके राउतबीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र र व्यवहार कति सान्दर्भिक कति असान्दर्भिक भन्ने विषयले बहसलाई ततायो ।

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

माछापुच्छ्रेलाई कुमारी रहन दिने कि नदिने ?

चिप्लेढुङ्गा । सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ’ जस्ता गीत रचेका छन् ।

देश टुक्र्याउन सिके राउतभन्दा हाम्रा अदुरदर्शी नेता र बिकाउ बुद्धिजिवीहरू खतरनाक

देश टुक्र्याउन सिके राउतभन्दा हाम्रा अदुरदर्शी नेता र बिकाउ बुद्धिजिवीहरू खतरनाक

सत्तामा नहुँदा रास्ट्रवादी बन्ने सत्ता आएपछि फेरी ३६० डिग्रीमा परिवर्तित भएर घातको पक्षपोषण गर्ने । सत्ता र शक्तिको लागि जे सुकै कुरा पनि उछाल्ने र जस्तोसुकै सहमति गरिदिने प्रवृति सिके राउतभन्दा देश टुक्रयाउन मात्र हैंन देश नै बेच्न पनि पछि नपर्ने खालको खतरनाक प्रवृति र संकेत देखिने गरेको छ ।

सिके रावत र सत्तारुढ दलको सहमतिको बहस

सिके रावत र सत्तारुढ दलको सहमतिको बहस

नेपालको तराई भूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।