‘कुनै पनि संविधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हुँदैन’

हिन्दुराष्ट्र र राजसंस्थको एजेण्डा बोकेको कमल थापाले गणतन्त्र र धर्मनिरपेक्षता कायम गरेको वर्तमान नेपालको संबिधानलाई ‘उत्कृष्ट’ संबिधान भन्यो भन्ने आरोप मलाई अक्सर लाग्ने गरेको छ । वास्तविकता त्यो होईन । राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूमा संबिधानबारे बोल्दा कहिल्यै पनि मैले ‘उत्कृष्ट’ शब्द प्रयोग गरेको छैन । बिश्वको कुनैपनि संबिधान शतप्रतिशत पूर्ण र उत्कृष्ट हॅुदैन भन्ने मेरो स्पष्ट मान्यता छ । विस्तृतमा


संस्कृत

संस्कृत

संस्कृत संस्कार गरिएको सम्पन्न भाषाको नाम हो । भारत र यूरोपका कैञौ भाषा संस्कृतबाटै बनेका छन् । हिन्दी, मराठी, नेपाली, बङ्गला, ओडिया, असमिया, मैथली, भोजपुरी, अवधी, राजस्थानी, कश्मीरीजस्ता थुप्रै भाषाकी जननी संस्कृत नै हो । संस्कृत पूजा गर्ने भाषा मात्र होइन । पुरोहितले पाती पढ्ने भाषा मात्र संस्कृत होइन । संसारका प्राचीन भाषाहरूमध्ये संस्कृत पनि एउटा प्राचीनतम भाषा हो । संस्कृतमा रचित ऋग्वेदलाई संसारको सबैभन्दा पुरानो ग्रन्थ मानिन्छ ।

नेकपाको 'कलह' र नेपाल प्रवेश गरेको 'सलह' देशका लागि दुवै खतरनाक

नेकपाको 'कलह' र नेपाल प्रवेश गरेको 'सलह' देशका लागि दुवै खतरनाक

कलह र सलह भिन्न हुन यद्धपि जसरी नेपालमा आउने सक्ने सम्भावना मात्र बोकेको सलह नेपालमा प्रवेश गर्यो त्यसै गरि नेकपा भित्रको सम्भावित कलह पनि सलहसँग जोडिएर आएको संयोग मात्र हो वा दुर्भाग्य पनि हो ।

फोटो पत्रकारमाथि कोरोना कहरमा ज्यादती किन ?

फोटो पत्रकारमाथि कोरोना कहरमा ज्यादती किन ?

चीनको वुहानबाट शुरू भएको मानिएको कोरोनाभाइरस (कोभिड– १९) ले यतिखेर सारा संसारलाई समस्यामा पारेको छ । सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भएका छन् । धेरैको रोजगारी गुमेको छ । नागरिकले पाएको पीडा शब्दमा उतार्न गाह्रो छ । मानिसको जीवन र तिनका पीडाले समस्या मात्रै पारेको छैन, स्वास्थ्य क्षेत्रमा बढाउनुपरेको बजेटका कारण अन्य क्षेत्र पछाडि पर्ने अवस्था छ ।

बेलायत विशेषः महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

बेलायत विशेषः महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

लण्डन । गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो । अहिले भने यहाँ यो महामारीको असर निकै कम हुँदै गएको देखिएको छ ।

महामारीसँगै फेरिएको बाँकेको नरैनापुरको मुहार

महामारीसँगै फेरिएको बाँकेको नरैनापुरको मुहार

“सधैँ निर्वाचनका बेला पक्की सडक र बिजुलीको कुरा हुन्थ्यो, अलिअलि पोल पनि गाडिन्थे तर निर्वाचन सकिएपछि चर्चा हराउँथ्यो पोलमात्र ठडाइएका हुन्थे तर बिजुली बल्दैनथ्यो”, यादवले भन्नुभयो, “यति सजिलैसँग गाउँमा पक्की सडक र बिजुली बत्ती आउला भन्ने मैले सोचेको थिइनँ, कोरोना महामारी चलेका बेला बिजुली र बाटो बनेपछि हामीलाई धेरै खुशी लागेको छ ।”

रामायणको प्रमाण खोज्न श्रृङ्गऋषि आश्रम लामाटार जाऔं

रामायणको प्रमाण खोज्न श्रृङ्गऋषि आश्रम लामाटार जाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा गत सोमबार दिएको अभिव्यक्तिपछि धेरैले उहाँको आलोचना गरेका छन् भने आत्मालोचना गर्न सुझाव समेत दिएका छन् । यस्ता अभिव्यक्तिबाट धार्मिक सम्प्रदाय बिच र राष्ट्रिय अन्तर्राष्ट्रिय स्थरमा विवाद सिर्जना गर्ने भएकाले प्रधानमन्त्रीले संयमता अपनाउनु पर्दथ्यो ।

काल नआउदाँसम्म पदमा रम्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ

काल नआउदाँसम्म पदमा रम्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ

शासन व्यवस्था आफैमा साध्य होईन, साधन मात्र हो । जुन कुरा पुष्टि समेत भईसकेको छ । यो सिद्धान्त सबैमा लागु हुन्छ, नेपालको सन्र्दभमा पनि लागु भईसकेको छ । राजनीति आफैमा पूर्ण हुदैन । नीतिको प्रधान राजनीति हो, तर यसको सफल कार्यन्वयनले मात्र राजनीतिको वास्तविक अर्थ पुरा हुन्छ । लामो राजनैतिक आन्दोलन र त्यसले प्राप्त गरेको संघिय गणतन्त्रमा हामी प्रवेश गरिरहदाँ जनता सामु प्रश्न चिन्ह खडा भएको छ त्यो हो, शासन व्यवस्थाले मात्र आम जनताको परिवर्तन गराउन सक्दछ र ?

ओलीको विकल्प ओली नै हुन्

ओलीको विकल्प ओली नै हुन्

अन्तरद्वन्द्वमा नै आफ्नो भविष्य देख्नेहरु पुनः सरकारमाथी चौतर्फी आक्रमणमा व्यस्त छन् बनिरहेका छन् । संविधान निर्माणपश्चात देशमा चुनाबमा लामो समयपछि नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)ले बहुमत पाएको छ र सोही पार्टीले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । नेपालमा सधै अस्थिरता सृजना भई सरकार बन्ने र भत्कने अवस्थामा नेकपा त्यसमा पनि केपी ओलीको नेतृत्वमा भएको चुनाबमा जनतालेबहुमतका साथ पाँच वर्षका लागि सरकार संचालनको जिम्मेवारी दिएको छ । यही सरकारले नै देश संचालन गरिरहेको छ ।

स्थानीय बजेटः बदलिए प्राथमिकता

स्थानीय बजेटः बदलिए प्राथमिकता

सुर्खेत । महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा थपिएको चुनौतीका कारण स्थानीय तहले पनि आफ्ना प्राथमिकता बदलेका छन् । चालू तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सुर्खेतका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीको विषयलाई महत्व दिएका छन् ।

‘सरकारले तत्काल कि त काम देओस्, कि राहत’

‘सरकारले तत्काल कि त काम देओस्, कि राहत’

भजनी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा दिनप्रतिदिन बढ्दै छ । कोरोनाकै त्रासले विदेशबाट स्वदेश र स्वदेशका शहरबाट पनि लाखौँ मानिस गाउँ फर्केका छन् । गाउँ फर्केका नागरिकको व्यवस्थापनमा स्थानीय सरकार केन्द्रित भइरहेको छ । यो महामारीको समयमा स्थानीय सरकारले गरेको व्यवस्थापनमा स्थानीयवासीले पनि साथ दिएका छन् ।

पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।