गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका मुख्यमन्त्री पोखरेललाई बहुमत सांसदहरु समर्थन गरेका हुन् ।
विस्तृतमा
डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईले छापा मारेको छ । डोनाल्ड ट्रम्प आफैंले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन्।
मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

मकवानपुर । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
रूस–युक्रेन युद्धः अन्न बोकेको जहाज युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्यो

एजेन्सी । रुसद्वारा युक्रेनमा भएको आक्रमणपछि पहिलो पटक युक्रेनले बन्द गोदामहरूबाट लाखौं टन अन्न बाहिर निकालेको छ। युक्रेनी अन्नको पहिलो ढुवानी सोमबार बिहान ओडेसा बन्दरगाहबाट इस्तानबुलको लागि प्रस्थान गरेको मिडिया रिपोर्टमा उल्लेख छ।
श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

एजेन्सी। श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो। क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन्।
नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २८२ जनामा गरिएको कोरोना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तथ्यांक विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत
काठमाडौंँ। तथ्यांक विधेयक २०७६ प्रतिनिधि सभा बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको छ। मंगलबार बसेको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्यांक विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए।
पाल्पामा बस दुर्घटनाः ६ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी करिब ५ बजे दुर्घटना भएको हो ।
२४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ४३५ संक्रमित थपिएका छन्। ३ हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन्।
प्रचण्ड र मोदीबीच भेट नहुने

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ। तीन दिने भारत भ्रमणमा गएका प्रचण्डले मोदीसँग पनि भेट गर्ने बताए पनि भेट नगरी फर्कने भएका हुन्। प्रचण्ड सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका थिए।
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । उनले १४८ मत प्राप्त गरिन् । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन् ।
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।