एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौँ। नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन्। एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेपछि रावलले आपत्ति जनाएका हुन्।
विस्तृतमा
सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन् ।
चर्को ब्याजदरले व्यवसाय मारमा परेको छः कपडा व्यापारी

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उहाँहरुको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् ।
पोखरा जहाज दुर्घटनाः थप एक जनाको शव भेटियो

पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
नयाँ मन्त्रीहरूद्वारा सपथ ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्त गरेका नयाँ मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन

सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन। तस्बिरः सुरेश आचार्य/रासस
प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

विराटनगर । प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गरे ।
जनकपुरसँग लुम्बिनी २३ रनले पराजित

काठमाडौँ। नेपाल टी २० लिग अन्तर्गत आज शुक्रबार भएको पहिलो खेलमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टार्सलाई २३ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा जितका लागि १६० रनको लक्ष्य पन्छाएको लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेटको क्षतीमा १३७ रन मात्रै बनाउन बनायो।
आहा! रारा गोल्डकपको उपाधिको लागि भुटनीज युथ सकर र संकटा भिड्ने

पोखरा। भुटनीज युथ सकर क्लब युएसए २२ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो।
वाम एकताका लागि पहल गर्न नेकपा एसले बनायो चार सदस्सीय कार्यदल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।
प्रम दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार सिंहदरबारस्थित नेकपा माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।