सन्दीपले लंका प्रिमियर लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
विस्तृतमा
एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् ।
रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध होलान् त ?

एजेन्सी । म्यानचेस्टर सिटीका स्टार खेलाडी हुन् रहिम स्ट्रर्लिङ । उनले नयाँ सिजन सुरु हुन पुर्व क्लब छोड्ने तयारी गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई चेल्सीले अनुबन्ध गर्न चाहेको छ ।
लिभरपुलद्वारा युवा खेलाडी काल्भिन रामसेलाई अनुबन्ध

एजेन्सी । आउने सिजनका लागि बलियो तयारी गरिरहेको अन्ततः लिभरपुलले युवा खेलाडी काल्भिन रामसेलाई अनुबन्ध गरेको छ ।
बहराइनलाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं । नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । मलेसियाको किनरारा ओभलमा सोमबार सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुढानीलकण्ठमा एन्फाको चुनावी साधरणसभा सुरु
काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठस्थित एक रिसोर्टमा अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा सुरु भएको छ। खेलकुदमन्त्री महेश्वरजंग गहतराजले साधारणसभाको उद्घाटन गरेका हुन्। उद्दघाटन कार्यक्रमपछि बन्द सत्र सुरु हुने र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ।
एन्फा नेतृत्वको लागि आज चुनाव हुँदै

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको लागि आज सोमबार चुनाव हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने चुनावको नतजिा सोही साँझ आउनेछ ।
आर्सनलद्वारा फरवार्ड एडी एनकेटियासँग सम्झौता नवीकरण

एजेन्सी । आर्सनलद्वारा फरवार्ड एडी एनकेटियासँग सम्झौता नवीकरण भएको छ । आर्सनलले उनीसँग थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको हो ।
एन्फाको नेतृत्वको लागि भोलि चुनाव हुँदै
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वको लागि भोलि सोमबार चुनाव हुँदैछ। बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने चुनावको नतजिा सोही साँझ आउनेछन्। निर्वाचितहरुले आगामी चार वर्षे कार्यकाल एन्फाको नेतृत्व गर्नेछन्। एन्फाको अध्यक्षको लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल प्रतिस्पर्धामा छन्।
सिसडोलमा रंगशाला र पार्क बनाउन चाहन्छौंः मेयर बालेन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आइतबार बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताएका हुन्।
नेपालको लगातार दोस्रो जित, कुवेतलाई २५ रनले हरायो

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार मलेसियाको किनरारा ओभलमा नेपालले कुवेतलाई २५ रनले हराएको हो ।
खेल ट्रेण्डिङ्ग
- पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- एन्फा अध्यक्ष नेम्वाङले रेणुका नगरकोटको चोटको बारेमा जानकारी लिए
- साउदी अरेबिया फुटबल एसोसियसनद्वारा एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई बधाई
- बार्सिलोनाद्वारा यी दुई जना खेलाडी अनुबन्ध
- न्यूजिल्याण्ड बोर्डको ठूलो निर्णय, महिला क्रिकेटरले पुरुष सरह पैसा पाउने
- नेपालले क्यानडासँग खेल्दै
- नेपालसँग ओन्टारियो ५५ रनले पराजित
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।