टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने
काठमाडौँ। सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ।
हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ।
विस्तृतमा
पठाओ भन्छः अपहरणमा परेका राइडर राई अफलाइन राइडमा थिए

काठमाडौँ। राइड शेयरिङ कम्पनी पठाओले अपहरणमा परेका भनिएका राइडर प्रविन राई अफलाइन राइडमा रहेको जनाएको छ। पठाओ राइडर अपहरणमा परेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै पठाओले अपहरणमा परेको भनिएका राइडर अफलाइन राइडमा रहेको विज्ञप्तीमार्फत जानकारी दिएको हो।
‘ब्रोडब्यान्ड’ प्रयोगकर्ताको सङ्ख्या बढ्दै

काठमाडौँ । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख ५३ हजार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता छन् । हालसम्म टेलिफोन सेवाको घनत्व १३।७५ र ब्रोडब्यान्ड सेवाको घनत्व ९१।५५ प्रतिशत पुगेको जनाइएको छ ।
नेपाल टेलिकमले ल्यायो आकर्षक ‘विन्टर अफर’

काठमाडौँ। नेपाल टेलिकमले सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो।
क्यान इन्फोटेक २०२२ स्थगित

काठमाडौँ। माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक २०२२ स्थगित गरिएको छ। काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरुमा व्यापक रुपमा फैलिएको संक्रमण, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, गृह मन्त्रालय एवं काठमाडौँ उपत्यकाअन्तर्गतका जिल्ला प्रशासन कार्यालयलगायत कोभिड नियन्त्रणसम्बन्धी सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको हो।
‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी निःशुल्क पाउने

काठमाडौँ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ। यस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन्।
रूसी अदालतद्वारा गुगललाई ठूलो धनराशीको जरिबाना गर्न आदेश

एजेन्सी । रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।
टेलिकमको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’, यस्ता छन् सुविधा

काठमाडौँ । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको बताएको छ। दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्क भित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ।
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा मह जोडी

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को ‘ब्राण्ड एम्बेस्डर’मा लोकप्रिय हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन्। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
एक जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
अनेरास्ववियूको मोबाइल एप लन्च

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ। थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका हुन्।
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।