सञ्चार र प्रविधिमा नागरिकको सहज पहुँच पुर्याउन लागि पर्छुः मन्त्री शर्मा
काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज पदभार ग्रहण गरेकी छिन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सञ्चारमन्त्री शर्माले मोबाइल तथा टेलिफोन सेवा निर्बाध रुपमा सञ्चालन भई सञ्चार सम्पर्क सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने पहिलो निर्णय गरेकी छन्।
विस्तृतमा
जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली

काठमाडौँ। लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ। यस अन्र्तगत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ। यसले विरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ।
‘रुस्लान एफएम’ पुनः सञ्चालनमा

काठमाडौँ। कोभिडको कारणले सञ्चालन रोकिएका ‘रुस्लान एफएम ९५।२’ पुनः सञ्चालनमा आएको छ। ‘रुस्लान एफएम ९५.२’ ले गीतलाई मात्र प्राथमिकता दिने गरेको हो। सर्वाधिक रुचाइएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याइरहेको एफएमले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गर्ने गरेको छ।
वालिङमा सिसी क्यामेरा जडान

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।
सुर्खेतमा ‘हुवावे डिजिटल कर्णाली संवाद’ आयोजना हुँदै

काठमाडौँ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली संवाद आयोजना हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १२ गते बिहीबार ‘ह्वावे डिजिटल कर्णाली संवाद इन एसोसिएसन विथ इन्फोडेभलपर्स’ आयोजना हुने भएको हो।
फोनपे आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण

काठमाडौँ। भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ। फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो।
स्मार्टच्वाईस टेक्नोलोजिज र सेलपेवीच स्मार्ट क्यूआर भुक्क्तानी सेवाका लागि सम्झौता
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागी सम्झौता सम्पन्न भएको छ।
बिल गेट्सलाई कोभिड सङ्क्रमण पुष्टि

एजेन्सी । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन्।
नेपाल टेलिकमको निर्वाचन अफर, ९८ रूपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ६ जिबी डेटा

काठमाडौँ। नेपाल टेलिकमले निर्वाचन विशेष अफर ल्याएको छ। आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको हो। अफरअन्तर्गत प्रयोगकर्ताहरूले ९८ रूपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस प्याक, एसएमएस प्याक र डेटा लिन सक्नेछन्।
महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम

काठमाडौँ। डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ। सो सोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ। सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान, रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो।
निर्वाचनमा टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।