सञ्चार र प्रविधिमा नागरिकको सहज पहुँच पुर्याउन लागि पर्छुः मन्त्री शर्मा
काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज पदभार ग्रहण गरेकी छिन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त सञ्चारमन्त्री शर्माले मोबाइल तथा टेलिफोन सेवा निर्बाध रुपमा सञ्चालन भई सञ्चार सम्पर्क सहज हुने सुनिश्चित गर्ने व्यवस्था मिलाउने पहिलो निर्णय गरेकी छन्।
विस्तृतमा
एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन सिफारिस !

एजेन्सी । पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ ।
वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो।
निकुञ्जमा बाघ गणनाका क्यामरा हराए

पर्सा । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका हुन् ।
इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धि गर्न काम गर्ने

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १४ औँ वर्षमा प्रवेश गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगद रहित अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ।
विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

काठमाडौँ। मिदास एजुकेसन प्रा.लि.ले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ। जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ।
पठाओ भन्छः अपहरणमा परेका राइडर राई अफलाइन राइडमा थिए

काठमाडौँ। राइड शेयरिङ कम्पनी पठाओले अपहरणमा परेका भनिएका राइडर प्रविन राई अफलाइन राइडमा रहेको जनाएको छ। पठाओ राइडर अपहरणमा परेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै पठाओले अपहरणमा परेको भनिएका राइडर अफलाइन राइडमा रहेको विज्ञप्तीमार्फत जानकारी दिएको हो।
‘ब्रोडब्यान्ड’ प्रयोगकर्ताको सङ्ख्या बढ्दै

काठमाडौँ । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख ५३ हजार मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ता छन् । हालसम्म टेलिफोन सेवाको घनत्व १३।७५ र ब्रोडब्यान्ड सेवाको घनत्व ९१।५५ प्रतिशत पुगेको जनाइएको छ ।
नेपाल टेलिकमले ल्यायो आकर्षक ‘विन्टर अफर’

काठमाडौँ। नेपाल टेलिकमले सोमबारदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो।
क्यान इन्फोटेक २०२२ स्थगित

काठमाडौँ। माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको क्यान इन्फोटेक २०२२ स्थगित गरिएको छ। काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरुमा व्यापक रुपमा फैलिएको संक्रमण, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, गृह मन्त्रालय एवं काठमाडौँ उपत्यकाअन्तर्गतका जिल्ला प्रशासन कार्यालयलगायत कोभिड नियन्त्रणसम्बन्धी सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको हो।
‘खल्ती’ प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी निःशुल्क पाउने

काठमाडौँ। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ। यस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा १०० जीबी फ्रि वाईफाई ३० दिनको प्रयोग गर्न सक्नेछन्।
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।