Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेलको आकर्षक ‘कम्बो प्याक’ सार्वजनिक

एनसेलको आकर्षक ‘कम्बो प्याक’ सार्वजनिक


काठमाडौँ। एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ।

अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन्। यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित ९९८ रुपैयाँमा लिन सक्छन्। ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरी सजिलै यो प्याक लिन सक्नेछन्।

त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र ७९८ रुपैयाँ लिन सक्छन्। यो प्याक एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स२ह्यास डायल गरी लिन सकिन्छ।

यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ।

अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ। यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

नविल बैंकले ल्यायो ‘द नविल ढुक्क घर कर्जा’ योजना

काठमाडौँ । नविल बैंकले ४१ औँ वर्ष प्रवेशको अवसरमा ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको छ । शुक्रबार ४१

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

काठमाडौँ । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर अहिलेसम्मकै

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

काठमाडौँ । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना

शेयर बजारमा कारोबार रकम ७ अर्ब रुपैयाँ नाघ्यो

काठमाडाैँ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अङ्कले

Techie IT