काठमाडौँ। डिजिटल बैंकिङमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुवात गरेको छ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट उक्त सेवा शुभारम्भ गरिएको बैंकले जनाएको छ।
यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ।
५ साउनदेखि क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो। अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनीमार्फत हुने जानकारी गराउँदछौं। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरु माझ क्यूआर प्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने अपेक्षा बैंकले गरेको छ। साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास बैंकको छ।
यस सुविधाबाट साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने बैंकले बताएको छ। यसको प्रयोगले ग्राहक र मर्चेन्ट बीच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास बैंको छ।
हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ।