Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थक्लासिक टेकले मनायो स्थापनाको चौधौँ वार्षिकोत्सव

क्लासिक टेकले मनायो स्थापनाको चौधौँ वार्षिकोत्सव


काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले चौधौँ वार्षिकोत्सव मनाएको छ। सन् २००९ देखि सेवा शुरु गरेको यस कम्पनीले स्थापनाको १४ वर्ष पूरा गरेको हो। कम्पनीले अहिले देशभरिका ७४ जिल्लामा १०० वटाभन्दा बढी आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ।

१४औँ वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एमबीपीएस इन्टरनेट अत्यधिक छुटमा वितरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकको सुविधाका लागि आफ्नै सीडीएन सर्भर जडान गरी फेसबुक, युट्युब , नेटफ्लिक्स, गुगल, अकमाई जस्ता सामाजिक सञ्जालहरुमार्फत् गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गरिरहेको छ। क्लासिक टेकले विराटनगर र काठमाडौँमा डाटा ब्याकअप सेन्टर समेत स्थापना गरेको छ ।

सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामीण इलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। डूअल ब्याण्ड राउटर र आईपीटीभी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको कम्पनीको दाबी छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

Techie IT